विराटनगर । वीर गोर्खाली अभियानले विराटनगरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल ¥याली निकालेको छ ।

देश र श्रीपेचको रक्षा’ को लागि भन्दै बिहीबार विराटनगरमा मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा– रानी ज्ञानेन्द्र, कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर विराटनगर ४ कञ्चनबारीबाट निस्किएको ¥याली बरगाछी हुदै विराटनगर महानगरपालिका परिक्रमा गरि सोही स्थानमा आएर सम्पन्न भएको थियो ।

¥यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । 

पुर्वका विभिन्न स्थानबाट माेटरसाइकल र्याली सहित विराटनगर पुगेकाे टाेलीले राजतन्त्रका पक्षमा नारा समेत लगाएकाे थियाे । धरानबाट स्वतन्त्र नागरिक राष्टवादी युवा समाजकाे आयोजनामा करिब ३ सय मोटरसाईकलको ¥याली भएको थियो । सुनसरीका विभिन्न ठाउँमा शिव सेना नेपालले पनि र्याली आयोजना गरेको शिवसेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताए ।

यस अघि बुटवलमा पनि मोटरसाइकल ¥याली निकालिएको थियो ।