ब्लाष्टखबर । धरानमा स्वतन्त्र नागरिक युवा समाजले राजतन्त्रकाे माग गर्दै बिहिबार माेटरसाइकल र्याली गर्ने भएकाे छ । समाजका प्रवक्ता राेशन दर्नाल विश्वकर्मका अनुसार राजसंस्था पुनस्र्थापनाकाे माग गर्दै २५ सय भन्दा बढि माेटर साइकल सहितकाे र्यालीले धरान परिक्रमा गर्ने भएकाे छ ।
गणतान्त्रिक व्यावस्थाका नाममा देशमा भ्रष्टाचार, बेथिती, बिसंगती, हिन्दु धर्ममाथीकाे निरन्तर प्रहार गरी समाजमा विखण्डीत गरेकाे भन्दै धार्मीक सापेक्षता सहितकाे हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्नुकाे विकल्प नरहेकाे प्रवक्ता विश्वकर्मले बताए ।
उनले भने 'राजाले उदार भएर जनताकाे मागकाे सम्बाेधन गरेर राजगद्दी छाड्नु भएकाे थियाे । गणतन्त्रका नाममा नेताहरूले समाजमा विभेद र विखण्डनकाे बिष भरीदिए र उनिहरू भ्रष्टचारमा लिप्त भएपछि त्यसकाे विराेधमा हामी उत्रिनु परेकाे हाे ।'
सत्तामा पुगेकाहरूले जनताकाे पसिनामाथी रजाइ गरेर जनतामाथी नै दमन र विभेद गर्नुका साथै, आफू अनुकुल परिर्वतन र संसाेधन गरी आफ्ना लागी संविधान बनाएकाे भन्दै हिन्दु राष्ट्र सहितकाे राजतन्त्र र २०४७ सालकाे संविधान पुनर्स्थापनाका लागी दवाब सिर्जना गर्न उक्त र्यालीकाे आयाेजना गरिएकाे प्रवक्ता विश्वकर्मले बताएका छन् ।
र्याली धरान ८ तीनकुनेबाट रत्न चाेक, मंगलबारे, गणेशमान चाेक, जिराे प्वाइन्ट, छाताचाेक हुदै भानुचाेकमा आएर समापन हुने बताइएकाे छ ।