ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठामा धनकुटाका काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पाख्रीवास ३ का काेराेना संक्रमित ७२ वर्षीय पुरूषकाे आज मध्यान १ बजे मृत्यु भएकाे हाे । 

मृतक पुरूषलाइ कार्तीक २० गते काेराेना संक्रमण पुष्टि भइ २२ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना गरी गरिएकाे थियाे । मृतकमा कुनै दिर्घराेग नदेखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।