ब्लाष्टखबर । धरानमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नम्बर ९ का ६९ वर्षीय पुरूष रहेकाे धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन् । 

उनका अनुसार उच्च रक्तचापका विरामी रहकाे मृतक शनिबार प्रतिष्ठानकाे अाकश्मिक कक्षमा भर्ना भएका थिए । शनिबार नै काेराेना संक्रमण पुष्टि भएकाे उनकाे हिजै दिउसाे तिन बजे मृत्यु भएकाे हाे ।