विराटनगरमा १३५ र इनरुवामा ५८ सहित प्रदेश १ मा आज ४६० कोरोना संक्रमित थपिए

alt
  • कार्तिक ७, २०७७
  • ब्लाष्ट खबर

विराटनगर। प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको विर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बा¥हदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, ते¥हथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४६८ पुगेको छ ।

प्रदेश १ मा आज ४८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६० महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सर्वोच्च अदालतद्वारा ...

धरान । बलात्कारको अभियोगमा थुनामा रहेका कृष्णदास भनिने ...

पट्नाली च्यालेन्ज कप ...

धरान । धरान उपमहानगरपालिका–१७ पट्नालीमा भइरहेको प ...

नेपालमा हवाई दुर्घट ...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री य ...

आगलागी बाट लाखौंको क ...

मधुमल्ला । मोरङको मिक्लजुङ गाउँपालिका वडा नं. १ गोगनेमा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved