ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् । याे संगै संक्रमितकाे कुल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० जना पुगेको छ ।

हाल देशभर ३८ हजार ७ सय ३७ सक्रिय संक्रमित रहेका छन् । नेपालमा शुक्रबार थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।