ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा धरान र झापाका २ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र शिवगडी– ११ का ५६ वर्षीय पुरूष रहकाे प्रतिष्ठानका सह–प्रवक्ता  डा. आशिष श्रेष्ठले जानकारी गराएका छन् । 

 बुधबार काेराेना संक्रमण पुष्टि भइ बिहिबार प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका धरानका बृद्ध पुरूषकाे शुक्रबार राती ७:१५ मा मृत्यु भएकाे श्रेष्ठले जानकारी गराएका छन् ।

त्यस्तै, बिहिबार गते काेराेना संक्रमण पुष्टि भइ शुक्रबार प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका शिवगडीका ५६ वर्षीय पुरूषकाे ३० मिनेटकाे फरकमा मृत्यु भएकाे श्रेष्ठले बताएका छन् ।