ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या  ९८ हजार ६ सय १७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  २ हजार ६ सय ७५ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ७१ हजार ३ सय ४३ जना पुगेको छ। 

देशभर २६ हजार ६ सय ८४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  

बुधबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।