ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ७३ हजार ३ सय ९७  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  ८ सय ८५ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ। 

देशभर १९ हजार १९ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ।