ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ।
देशभर १८ हजार २ सय ८९ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ।