Trending Tags

प्रयोग भइसकेको ३६० केजी कन्डम 'विक्रीमा'

alt
  • आश्विन ९, २०७७
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा बिक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

झन्डै ३ लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो । भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ। प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो।

उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ। ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ। त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छिन्। अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रदेश १ का आज थप ९ ...

ब्लाष्टखबर ।  आइतबार  प्रदेश १ मा ५५७ जना कोर ...

पछिल्लो २४ घण्टामा ३ ...

ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ ...

राउटे समुदायको सुरक् ...

ब्लाष्टखबर। राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण ग ...

विश्वशान्ति आद्यात्म ...

पथरीशनिश्चरे  । विश्वशान्ती अध्यात्म विज्ञान समाज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved