ब्लाष्टखबर । धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सुनसरीकाे इनरूवाकी ४९ वर्षीय एक महिला र झापास्थित मेचीनगर नगरपालिकाकी ७२ वर्षीय एक महिलाका छन् ।

उनीहरूमध्ये मेचीनगर नगरपालिका ४ की वृद्ध महिलाकाे गएराति साढे ९ बजे मृत्यु भएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले जानकारी दिए । उनका अनुसार झापाकाे कनकाइ अस्पतालबाट रेफर गरिएका ती महिलामा श्वासप्रश्वासकाे समस्याका साथै छाती दुख्ने, शरीरमा कमजाेरी र निमाेनियाकाे लक्षण रहेकाे थियाे । हिजाे नै काेराेना संक्रमण पुष्टि भएकी ती महिलाकाे काेभिड अस्पतामा भर्ना गरिएकाे सापकाेटाले बताए ।

त्यस्तै, अर्की महिलालाइ भदाै ३० गते प्रतिष्ठानकाे काेभिड अस्पतामा भर्ना गरिएकाे थियाे । उनमा असाेज १ गते काेराेना संक्रमण पुष्टि भएकाे सापकाेटाले जानकारी दिए । संक्रमित महिलाकाे अाज बिहान २ बजे उपचारकाे क्रममा मृत्यु भएकाे सापकाेटाले जानकारी दिए । उच्च रक्तचाप, मधुमेह र मृगाैलाकाे समस्या भइ डाइलासिस हुँदै अाएकाे मृतक महिला मेडिसिन वार्डमा उपचारत थिइन् । पिसीअार रिपाेर्टमा पाेजेटिभ देखिएपछि उनलाइ काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे ।