धरान/ स्वेता खड्का नयाँ फिल्ममा आउन लागेकी छन् । यम थापाको निर्देशनमा बन्न लागेको फिल्ममा उनी छोटो भूमिकामा देखिन लागेकी हुन् ।

लामो समयपछि उनले फिल्ममा काम गर्न लागेकी हुन् । उनले कथा मन परेका कारणले पनि अभिनय गर्न लागेको बताएकी छन् । उनले फिल्ममा आफ्नो मुख्य भूमिका नरहेको प्रतिक्रिया दिएकी छन् ।

स्वेता स्वयम्ले पनि नयाँ फिल्म बनाउन लागेकी थिइन् । तर, लकडाउनका कारण नयाँ प्रोजेक्टमा काम गर्न सकेकी हुन् । फिल्मको नाम हालसम्म सार्वजनिक गरिएको छैन ।