गुर्जो धेरै प्रकारका रोगहरुका लागि लाभदायक बनस्पतीको रुप मा लिइन्छ । जुन सुकै रोगबाट थला परेको ब्यक्तिलाई पनि इम्युनिटि पावर बढाउन सहयोग गर्ने एउटा जंगली वनस्पति गुर्जोको चर्चा व्यापक छ । यही अर्थमा इटहरीमा ३३ जना कोरोना पोजेटिभलाई रोगसँग लड्ने क्षमता बढाउनका लागि वितरण गरिएको छ । अन्य धेरै साथी भाइ लिन आउनु भो करिब १०० जना जति गुर्जो प्रयोग गरिरहनु भएको छ । मैले जंगल आफै गएर ल्याई वितरण गरेको गुर्जोको विषयमा सामाजिक सञ्जालमा निकै टिका टिप्पणी पनि देखे । कोही साथीहरु भ्रममा नपरौ मैले कोरोना ठिक हुन्छ भनेर विल्कुलै वितरण गरेको होइन । र सबैले बुझौं गुर्जो प्रयोगले रोगसँग लड्ने क्षमता बढाउछ भनेर ।

म आयुर्वेदबबारे कुनै विज्ञ व्यक्ति विल्कुलै होइन । तर गुर्जोसँग भने जानकार छु । बच्चा बेलैदेखि परिचित छु । त्यही हिसवाले पनि यसको उपयोगिताबारे आम नागरिकलाई बुझाउन र भन्न सक्छु । मलाइ मेरो जिम्मेवारी र पदिय दायित्व राम्रोसँग थाहा छ । समुदायमा जादा म एक्लै गएकी छैन अनि केवल गुर्जो मात्र पनि बाढिएको छैन् । उपमहानगरपालिकाले बनाएको कोबिड १९ होम आइसुलेसन अनुगमन तथा ब्यवस्थापन टिम , इटहरी अस्पताल स्वास्थकर्मीहरुको टिमसँगै सुरक्षा सतर्कता अपनाएर गएका छौ ।

अस्पतालको तर्फबाट तयारी गरिएको एलोपेथिक औषधिहरुको प्याकेज कसरी खाने कति खाने भन्ने परामर्स पनि दिने गरिएको छ । स्मरण रहोस कोरोना कै औषधि भनेर प्रमाणित भै सकेको छैन चिकित्सकका अनुसार यसको उपचार केवल सहयोगात्मक उपचार हुने कुरालाई ध्यानमा राखी इटहरी अस्पतालले तयार गरेको सपोर्टिभ औषधिहरु सहित भिटामिनहरु ले पक्कै पनि संक्रमितहरुलार्इ फाइदा पुग्ने बिस्वास बोकेर गएका छौ । किन भने हाम्रा उपमहानगरवासीप्रति हाम्रो जिम्मेवारी छ । जो संक्रमित हुनु हुन्छ उहाँहरु र परिवारलाई सामाजिक सद्भावको खाचो छ । कोरोना सुृरक्षाको सबै मापदण्ड अपनाएर आफ्ना उपमहानगरको नागरिकलाई सान्तोना दिन जादा गरिएको नकरात्मक टिका टिप्पणीले केही फरक पदैंन ।
कोरोना पोजेटिभ भन्ने बित्तिकै दुव्र्यवहार गर्ने समाजमा छौं हामी । यस्तो बेलामा जनप्रतिनिधिहरुले सकारात्मक सन्देस दिनु जरुरी छ भन्ने लागेर म जोखिम मोलेर समुदायमा गएर कोरोना पोजेटिभलाई भेटेर फर्किएकी मात्र छैन मैले वरिपरिका छिमेकीहरुसँग बाटोमा उभिएर ,उहाँहरु बार्दलीमा म सडक मै छलफल गरेकी छु ।

कोरोना पोजेटिभ हुनु अपराध होइन
कोरोना पोजेटिभ हुनु अपराध होइन शरीरमा भाइरस प्रवेस गर्नु हो । तपाईं छर छिमेकीहरुले देखाउने सद्भाव माया ममताले भाइरससँग लड्ने शक्ति प्राप्त हुन्छ । सद्भाव माया एक प्रकारको तागत हो । त्यो तागत हामीले बनिदिनु पर्दछ । हामीलाई सहयोग गर्दा गदैं सुरक्षाकर्मी संक्रमित भएका छन् । हाम्रो उपचार गर्दा गदैं चिकित्सक नर्स संक्रमित भएका छन् । उहाँहरुलाई हाम्रो हौसला चाहिएको छ । झन चिकित्सकहरु त युद्ध मैदानमा हुनु हुन्छ । यो कोरोना विरुद्धको लडाईमा हाम्रो साथ सहयोगले उहाँहरुले जित्नु हुन्छ । त्यसैले मैले हात जोडेकी छु । माया र प्रेम नै जीवन जिउने हौसला हो । माया प्रेम बाढिदिनुस पैसा लाग्दैन । भोलि तपाईं संक्रमित हुनुभयो भने पनि मैले भन्ने यहि हो गर्ने यहि हो । हामी जनप्रतिनिधिहरुलाई र उपनगरपालिकालाई केही भन्नू छ कि भनी सोध्ने गरिएको छ । आफ्नो जनप्रतिनिधि आफ्नै आँगन मा पाउँदा खुसी भएको पाएकाछौ । एउटा अभिभावक भएको नाताले त्यहाँ हाम्रो उपस्थिति हुनु पर्छ भन्ने मेरो मान्यता पनि रहेको छ । हामी पुगेर फर्किएका ठाउँमा व्यवहारमा सुधार भएको छ । उहाँहरु खुसी हुनुभएको छ । इटहरीका नागरिकको चेहरामा खुसी देख्नु नै हामी जनप्रतिनिधिहरुको सपना हो । सन्तुष्टि हो ।

सामाजिक सञ्जालमा ठूला आदर्शका कुरा नछाटौं
सामाजिक सञ्जालमा हामीले गरेको राम्रो कामलाई नकरात्मक प्रचार गरेर भ्रम फैलाउनु यो बेला उपयुक्त होइन । ठूला ठूला आदर्शका कुरा गर्ने सामाजिक सञ्जालमा सबैलाई अर्ति उपदेश दिने तर आफ्नो छिमेकमा आफ्नै नाता पर्ने कोरोना पोजेटिभ भएपछी त्यता फर्केर पनि नहेर्ने, एक कल फोन नगर्ने बुझ्रुकहरुका लागि पनि म यो सन्देश बाढ्न चाहन्छु । नाम उल्लेख गर्न उहाँको पदिय मर्यादाले दिदैन । 

मैले गुर्जोको भारी बोकेकोमा सकारात्मक सुझाब धेरैले दिनु भएको छ मेरो लागि उर्जा हो । आफु अगाडी बढ्न सकरात्क आलोचनाको पनि सधै स्वागत गर्छु । किन भने मैले आलोचना पनि एउटा औषधी हो भन्ने बुझेकी छु ।

चर्चामा आउनका लागि पनि गुर्जोको भारी बोकेकी होइन 

gurjo रह्यो भारी बोक्न पदिय मर्यादाले दिदैन भन्ने कुरा । म जनता कि छोरी हु सामान्य किसान परिवार कि बुहारी हु । मेरो पारिवारिक संस्कार मसँग छ । मेरो जीवन का २० बर्ष घाँस दाउराका भारीसँगै बिताएकी छु । जनताले दिएको जिम्मेवारी पुरा भए पछि फेरि घाँस दाउरा मैले गर्नु पर्छ । इटहरी उपमहानगरका जनता मेरा परिवार हुन उहाँहरुको लागि मैले भारी बोक्नु गलत होइन भन्ने लाग्छ । र यो पनि स्पष्ट गर्न चाहन्छु की म कुनै सामाजिक सञ्जालमा चर्चामा आउनका लागि पनि गुर्जोको भारी बोकेकी होइन ।

गुर्जो कसैले अमृत मानेर पिउदै हुनुहुन्छ त कतिले राजनितिक आँखाले हेरेको र प्रतिक्रिया दिएको पाए । यसैमा राजनीति गर्ने चेस्टा पनि भयो । जस्ले राजनीतिक हिसावले सोच्नुभो त्यो तपाईंको सोच मा खोट हुन सक्छ । सच्चिनुस् भन्न चाहान्छु । उपमहानगरले गर्ने काम गरिरहेको छ । भईरहेका छन् । कुनै काम छाडेर म जंगल गएको छैन् । उपमहानगरका काम प्रक्रियागत भइरहेका छन् । संकट र महामारीका बेला कसैले राजनीतिक गनु्ृ उचित हुदैंन् । काम गर्ने मान्छेलाई स्वतन्त्र रुपमा काम गर्न दिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । अन्त्यमा
हामीलाइ हौसला दिनुस्, काम गर्छौ । गलत टिप्पणी नगर्नुस् हाम्रो उत्साहमा कमि आउँछ । तपाईंहरु सबैको विवेकपूर्ण व्यवहार र सकारात्मक सोच नै हाम्रो काम गर्ने हतियार हो साथ दिनुस् । यो युद्दमा सबै मिलेर जित्नु छ ।

के हो गुर्जो बुझौं
जैविक विविधता विज्ञ डा. यादव उप्रेतीका अनुसार गुर्जोलाई ‘जडीबुटी एवम् गैरकाष्ठ वन पैदावार विकास नीति २०६१’ ले खेती तथा अनुसन्धानका लागि प्राथमिकतामा राखेको वनस्पतिको सूचीमा पनि अटाएको छ । गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो ।

गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गतको ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको जडीबुटी हो। यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कोर्डिफोलिया’ हो।

आयुर्वेदका प्राध्यापक डाक्टर नरेन्द्रनाथ तिवारी गुर्जोमा हुने आयुर्वेदिक गुणकै कारण यो महामारीका वेला यसको चर्चा भएको हो । यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्घि हुन्छ । आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।

यस वनस्पतिमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको हुन्छ ।
वनस्पतिहरुको विवरण वर्णन गरिएका पुस्तकहरुमा गुर्जो चीन, थाइल्याण्ड, नेपाल, भारत, म्यानमार, मलेशिया, श्रीलंका लगायतका देशको उष्णतटीय क्षेत्रमा पाइने उल्लेख छ । नेपालमा भने यो वनस्पति तराईको जंगलदेखि मध्यपहाडी क्षेत्रका प्रायः सबै भूभागसम्म फैलिएको पाइन्छ ।

पान झैं फिंजारिएको पात हुने गुर्जोको लहरा रूखका हाँगामा बेरिएर फैलिन्छ । यसको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार चिह्न देखिन्छ । वर्षामा यसको पहेंलो सुन्दर फूल फुल्छ र हिउँदमा चाहिं फल (रातो) फल्छ । करीब आधा फिटदेखि एक फिटसम्मको लहरो काटेर माटोमा गाडिदिएपछि सहजै सर्छ । व्यावसायिक खेतीका लागि भने ठूलो संख्यामा लहरोका कटिङबाट बिरुवा उत्पादन गर्नुपर्छ ।

गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझी औंला जत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाच पारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता  बढाउन सक्छौं ।

(लेखक इटहरी उपमहानगरपालिकाकी उपमेयर हुन् ।)