धरान । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित सडकमा रुख ढल्दा स्थानीय १५ घरपरिवारको विद्युत् साथै घरको मिटर बक्समा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार दिउँसो साढे ४ बजेतिर स्थानीय सुखराम दासको जग्गाको बाटो नजिक रहेको मसलाको रुख अचानक ढल्दा दुईवटा पोलसहित पोलमा रहेका तार र घरको मिटर बक्समा क्षति पु¥याएको छ । पोलमा रहेका इन्टरनेट र केबल टेलिभिजनका तारहरूमा पनि क्षति पुगेको छ ।
प्रहरीका अनुसार देवानगञ्ज–१ दास टोलका रमेश दास, अनितादेवी दास, जोगिन्दर दास, ग्रिस दास, अनारीदेवी दास, आनन्दीदेवी दास, सुरेन दास, पानीदेवी दास, रामप्रसाद दास, सुरजवतीदेवी दास, भूमिदेवी दास, लक्ष्मण दास, ब्रह्मदेव दास, अर्जुन दास र विमलादेवी दासको घरको तारसहित मिटर बक्समा क्षति पु¥याएको छ ।
रुख ढलेका कारण बाटोसमेत करिब ४ घण्टाजति अवरुद्ध भएको प्रहरी जनाएको छ । चार घण्टापछि अस्थायी प्रहरी चौकी मध्यहर्षाहीका असइ राजकुमार माझी थारूको नेतृत्वमा गएको टोलीले अवरोध भएको बाटो खुलाएको थियो ।