काठमाडौँ । गत शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३०० ले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ मा कारोबार भएको थियो ।
गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० मा खरिद बिक्री भएको थियो ।