ब्लाष्टखबर । धरानमा टमाटरकाे भाउँ अस्वाभाविक रूपमा बडेपछि ब्लाष्ट दैनिकले शनिबारको अङ्कमा थोक व्यापारीले टमाटरमा ब्रम्हलुट गरेको समाचार प्रकाशित गरेकाे थियाे साेहि समचारकाे प्रभावले धरान उपमहानगरको अनुगमन समिति अनुगमन गरेसंगै आज टमाटरकाे थाेक मुल्यमा घटेकाे छ ।
हाेलसेलमै ११० पुगेकाे टमाटरकाे मुल्य आज धरान स्थित कृषि उपज बजारमा ९५ देखि १०० रुपैयामा थाेक बिक्रि भएकाे बजार व्यवस्थापक लक्ष्मण भट्टराईले । उनका अनुसार थाेक घटेसंगै २० प्रतिशत नाफा जोडेर खुद्रा मुल्य १२० रुपैया ताेकिएकाे छ ।
तर, पसलेहरूले खुद्रामा १२० भन्दा बढि लिएकाे गुनासाे आएइरहकाे बताउँदै थप अनुगमाकाे आवस्कता रहकाे बताएका छन् ।