ब्लाष्टखबर । धरानमा काेराेना संक्रमित हुनेकाे संख्या १०१ पुगेकाे छ । जसमध्याे ५१ जना निकाे भएर घर फर्केका छन्, भने १ जना संक्रमितकाे मृत्यु भएकाे छ । संक्रमित मृत्यु भएकाे याे पहिलाे घटना हाे । 

४९ जना संक्रमितहरूहरू मध्याे २६ जना हाेम आइसाेलेसनमा र २३ जना वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा रहेकाे काेभिड –१९ अस्पतालकाे आइसाेलेसनमा उपचाररत रहेकाे उपमहानगरकाे स्वास्थ माहाशाखाका प्रमुख उमेश मेहताले बताएका छन् । 

संक्रमितहरू मध्याे ६८  पुरूष  र ३३ महिला रहेका छन् । जस मध्याे विदेशबाट फर्किएका ४१ जना र समुदाय स्तरका ६० जना रहेका छन् ।

धरानमा सबै भन्दा कम उमेरमा ५ वर्षकी बालिकामा संक्रमण देखिकाे छ । दश बर्ष देखि तलकाे उमेरका ४ बालक र २ बालिका रहेका छन् । 

त्यस्तै, सबै भन्दा धेरै उमेरमा ८५ का बृद्ध रहेका छन् । ६५ वर्षा माथिका ६ जना पुरूष र ३ जना महिलामा संक्रमण देखिकाे छ ।  सबैभन्दा कम उमेरकी बालीका र सबै भन्दाँ बढि उमेरका बृद्धा निकाे भएर घर फर्किसकेका छन् । 

पहिलाे पटक धरान १३ कि एक महिलामा काेराेना संक्रमण देखिएकाे थियाे।  संक्रमित महिला संक्रमण पुष्टि हुनु भन्दा करिव ३ महिना अघि भारत गएकाे खुलेकाे थियाे ।

प्राय विदेशबाट फर्कीनेमा मात्र संक्रमण देखिरहेकाेका साउन १४ गते धरान १३ का एक २८ वर्षीय पुरूषमा संक्रमण देखीसंगै पहिलाेपटक समुदाय स्तरमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । 

त्यस यताका अधिकांश संक्रमित उनि कार्यरत धरान ८ स्थित आैधाेगिक क्षेत्रकाे प्रिति भल्व र धरान ८ भाेटेपुलमा रहेकाे क्रुज फिटनेससंग सम्बन्द रहेका व्याक्ति तथा तिनका परीवार र उनिहरूसंग सम्पर्कमा आएका व्याक्तिहहरूलाइ संक्रमण पुष्टि हुदै आएकाे छ । 

स्वास्थ माहाशाखाका प्रमुख मेहताले पछिल्लाे पटक उपमहानगरपालिकाकाे समन्यनमा धरान १४ र एन्फा क्वारेन्टाइनमा गरिएकाे स्वाब संकलन गराएका हरू मध्याे १२६ जना पीसीआर परिक्षण नेगेटिभ आएकाे बताएका छन् ।

जसमा १४ का ९२ जना मध्याे ५५ जना र एन्फामा ७९ जना मध्ये ७१ जनाकाे रिपाेर्ट  नेगेटिभ आएकाे र बाँकी काे आउन बाँकी रहेकाे बताएका छन् ।