ब्लाष्टखबर । धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे प्रयाेगशालामा गरिएकाे पीसीअार परिक्षणमा धराका ३ जना सहित ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
संक्रमण पुष्टि हुनेमा धरानका प्रतिष्ठानमा कार्यरत धरान ११ सयपत्री चोककी ३० बर्षकी नर्स, धरान १७ रत्न चाैक घर भइ बर्दिबासको अख्तियार कार्यालयमा कार्यरत ४९ वर्षीय एक पुरुष कर्मचारी र धरान १७ अार्दश पथमा डेरा गरि बस्ने विजयपुर हस्पिटलका रेडियोग्राफर ५४ वर्षीय पुरुष रहेकाे उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।
धरान बाहिरका सिराहाका २४ वर्षीय पुरुष, बीपीको कोभिड १९ अस्पतालमा उपचाररत १९ बर्षीया महिला र दुहबीका ४५ वर्षीय पुरुष रहेका छन् । सिराहा ती पुरुष प्रतिष्ठानकाे सर्जरी वार्डमा उपचाररत बिरामीका कुरूवा हुन् । नर्स र विरामीका कुरुवा कन्ट्याक ट्रेसिङको अाधारमा स्वा संकलन गरिएकाे र बाँकीकाे प्रतिष्ठानकाे हेल्प डेक्समा स्वाब लिईएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन्।