Trending Tags

नोबेलमा थप एक डाक्टरसहित पाँच जनामा कोरोना पुष्टि

alt
  • श्रावण ३०, २०७७
  • अनिल श्रेष्ठ

विराटनगर । विराटनगरस्थित नोबेल अस्पतला कार्यरत एक जना चिकित्सकसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार आएको रिपोट अनुसार एक जना चिकित्सक, १ नर्स दुई जना फार्मेशीका कर्मचारी र १ जना अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएको चकित्सक एमबीबीएस डाक्टर हुन् । संक्रमित मध्ये दुई जना नोबेल अस्पताल भित्र रहेको सुस्वास्थ्य फार्मेशीका कार्यरत कर्मचारी रहेको अस्पतालले जनाएको छ ।

बिहीबार पाँच जना थपिएसँगै नोबल अस्पतालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको अस्पतालका प्रबन्धक नारयण दाहालले जानकारी दिए । यस अघि चार चिकित्सकलाई संक्रमण पुष्टि भइसेको उनले बताए ।

जसमध्ये दुई जना डाक्टरको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारको लागि काठमाण्डौको महारगञ्जस्थित त्रिबी शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ । संक्रमित मध्ये एक जना डाक्टर शिक्षण अस्पतलामा प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ । अन्य चिकित्सक, नर्स र कर्मचारीहरू अस्पतालको आइसोलेशनमा राखिएको प्रबन्धक दाहालले बताए । अन्यको स्वास्थ्य अवस्था सामन्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक दाहालका अनुसार हस्पिटलका २२४ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये बिहीबार ९० जनाको रिपोट आएको छ । रिपोट आएको मध्ये ५ जनाको पोजेटि र ८५ जनाको नेगेटिभ आएको अस्पतालका प्रबन्धक दाहालले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेका छन् ।

Narayan dahal

किसानको हितमा ध्यान ...

कोसी कोरिडोरमा पर्ने पूर्वी पहाडमा कृषिजन्य फलफूल, तरका ...

कानून विपरीत विलम्ब ...

विजयपुर/ विद्युत् प्राधिकरण धरान शाखाका कर्मचारीले &lsq ...

आजको राशिफल, असोज ६ ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

विदेशबाट आएका व्यक् ...

भद्रपुर । वैदेशिक रोजगारबाट घर फर्किएका एक व्यक्तिको घर ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved