ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाकाे संक्रमितकाे मृत्यु पुष्टि भएकाे छ । पुष्टि भएकाहरूमा शुक्रबार विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका सिरहा जिल्लाको गोगलबजार नगरपालिका वडा नं. १२ का २५ वर्षीय युवक,पाटन अस्पताल ललितपुरमा सर्लाहीकाे बसन्तपुरका ४५ वर्षीय पुरुष र बिहिबार मृत्यु हुने पर्साकाे विरगञ्ज माहानगरपालिका ९ का  ४५ वर्षीया पुरूष रहेका छन् । 

त्यस्तै, मंगलबार घरमै  मृत्यु भएका वीरगञ्ज–११ का ७९ वर्षका पुरुष र बिहिबार गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका वीरगञ्ज–११ का ५७ पुरूष रहेका छन् । याे संगै नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ७० पुगेकाे छ ।

यसका अलभा विराटनगर स्थित काेशी अस्पतालमा अाज थप १ काे मृत्यु भएकाे छ । मृत्यु भएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई शुक्रबार तीन बजे कोरोना संक्रमण पुष्टि भएको छ।

पाठेघरको क्यान्सर र निमोनियाको विरामी रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलाकाे पनि अाजै ११ बजे पाटन अस्पताल मा मृत्यु भएकाे अनलाइन खबरले उल्लेख गरेकाे छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेकाे छ । त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे संख्या १५ हजार ८ सय १४ जना रहकाे छ, भने सक्रिय संक्रमितकाे संख्या ६ हजार ३ सय ३० रहेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयक प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले बताएका छन् । शुक्रबार थप ४२५ जना डिस्चार्ज भएका छन् ।