काेशी अस्पतालमा मृत्यु भएका विराटनगरका पुरूषमा कोरोना देखियो

alt संकेतिक तस्बिर
  • श्रावण २३, २०७७
  • ब्लाष्ट खबर

 विराटनगर / विराटनगरस्थित कोशी अस्पतला आइपुग्दा शुक्रबार मृत्यु भएको पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई शुक्रबार तीन बजे कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्र्चाज डा. लक्ष्मीनारयण यादवले जानकारी दिए । विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि ल्याबमा पठाएको थियो ।

‘लक्षण मिल्न देखिएपछि हामीले स्वाब संकलन गरि परीक्षण गर्न पठाएका थियौं,’ उनले भने, ‘३ बजे आएको रिपोट अनुसार पोजेटिभ देखिएको छ ।’ कोशी अस्पतालमा यसअघि कोरोनाबाट संक्रमित भएका ३ जनाको मृत्यु भइसकेको छ । जसमध्ये विराटनगरका ५ र ९ को पुरूषको कोरोनाले मृत्यु भइसकेको छ । शुक्रबार मृत्यु भएको सँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

३ दिने शिपमुलक तालिम ...

विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ...

धरान र विराटनगरमा पर ...

विजयपुर । पर्यटन व्यवसायीहरुको तानातानका कारण नेपाल पर् ...

धरान १५ का अशक्त प्य ...

धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्या ...

मलको मोलमोलाईमा कुरा ...

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved