काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला  २,८०० र चाँदीको मूल्य  ३० बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला  २,९३,३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  ४,४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला  २,९०,५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  ४,३९५ कायम भएको थियो । रासस