श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २३ गते शुक्रबार, ०७ अगष्ट २०२० । भाद्र कृष्णपक्षको चतुर्थी तिथि २३ः३५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वभाद्रपदा १३ः१४ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३१ र सूर्यास्त ६ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
स्थानान्तरको समय छ । कामप्रतिको अगनशीलताले उत्साहित बनाउला । प्रेमपक्षमा सुधार आउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विपरीतलिङ्गीको सहयोगमा प्रगति हुनेछ । साझेदारीका काममा मुनाफा होला । दिन राम्रै छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पेटसम्बन्धी समस्याले सताउला । विचाराधीन विषयहरूले निकास पाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम वा जागिरमा पदोन्नतिको समय छ । पारिवारिक कलह भने खेप्नुपर्ने देखिन्छ । समग्रमा दिन राम्रै देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पशु चौपायाको क्षेत्रमा राम्रै आम्दानी होला । कार्य सफल हुनेछ । लगानीका क्षेत्रहरू पनि बढ्ने योग देखिएको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक मान, प्रतिष्ठा बढेर जाला । मिष्ठान्न भोजनको योग देखिन्छ । फलदायी यात्राको योग परेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा ढिलासुस्ती हुने देखिन्छ । व्यापार– व्यवसायका लगानीहरू खस्केर जालान् । प्रेममा भने प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थालेका कामकाज सफल हुनेछन् । व्यावसायिक क्षेत्रका लगानीबाट फाइदा होला । दिन ठीकै देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विलासी सामग्रीको खरिदमा खर्च होला । साथीहरूबाट धोका हुन सक्छ । काममा विचार गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ । शत्रु परास्त हुने देखिन्छ । फलदायी यात्रा होला । प्रेममा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम गर्ने जा“गर बढ्नेछ । विद्यार्थी तथा कर्मचारी वर्गका लागि आजको दिन उत्तम देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मबल बढाएर काम गर्नुहोला । गम्भीर विषयमा उचित निर्णय लिनु पर्ने हुन्छ । दिन राम्रो देखिन्छ ।