ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेकाे छ ।

त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे संख्या १५ हजार ३ सय ८९ रहकाे छ, भने सक्रिय संक्रमितकाे संख्या ६ हजार २ सय  रहेकाे छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयक प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले पछिल्लाे २४ घणटामा ५ जना संक्रमितकाे मृत्यु भएकाे बताएका छन् । 

मृत्यु हुनेहरूमा  माेरङ रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरूष, विराटनगरका ४५ वर्षीय पुरूष, सर्लाही जिल्ला मलङ्वा नगरपालिका ८ का ६५ महिला, धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढका ७२ वर्षीय महिला र सप्तरी जिल्ला रूपनी ५ का ४२ वर्षीय एक पुरूष रहेकाे प्रवक्ता प्रा.डा. गाैतमले बताएका छन् । यस संगै नेपालमा काेराेना संक्रमित मृत्यु हुनेहरूकाे संख्या ६५ पुगेकाे छ ।