ब्लाष्टखबर । चिर्पट प्रहार गरी छिमेकीकाे हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका- १ का २७ बर्षीय राकेश राई रहेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राकेशले सामान्य बिबाद हुँदा गत बुधबार स्थानिय ५६ बर्षीय जबरधन राईलाई दाउराको चिर्पटले प्रहार गर्दा उनकाे घटना स्थलमै मृत्यु भएकाे प्रहरी चौकी खार्ताम्छाले जनाएकाे छ । घटना पछि फरार भएका राकेशलाई खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।