ब्लाष्टखबर । इटहरी उपमाहानगरपालिकामा भाेलिबाट ५ दिन पूर्ण लकडाउन हुने भएकाे छ । उपमहानगरपालिकामा आज बसेकाे आपतकालिन बैठकले साे निर्णय गरकाे  उपमहानगरकी उप–प्रमुख लक्ष्मी गाैतमले भाेलीबाट दुध र आैषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय, तथा कार्यालयका समेत बन्द हुनेगरी लकडाउन गरीने बताएकी छिन् ।

उनले नगर प्रमुख द्वारीकलाल चाैधरीकाे अध्यक्षतामा सम्पूर्ण वडाध्यक्ष सहित जिल्ला प्रशासन कार्यालय सुनसरीका सिडियाे समेतकाे उक्त बैठकले उक्त निर्णय गरेकाे बताएकी छिन् । 

केहि दिन अघि उपमाहानगरकाे कार्यलयमा कार्यरत एक इन्जिनियरलाइ काेराेना संक्रमण देखिएपछि इटहरीमा समुदाय स्तरमा काेराेना फैलेकाे हुन सक्ने आशंका गरि उपमहानगरका  वडाकार्यलयका सम्पूर्ण सेवाहरू ठप्प गरी जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरूकाे  पिसिआर परिक्षणकाे लागी स्वाव संकलन शुरू गरिएकाे थियाे । ' १५ गतेबाट हामीले स्वास संकलन गरी टेस्टकाेलागी पठाएका थियाै ।

१०९ जनाकाे रिपाेर्ट आएकाे छ । बाँकी आउन बाँकी छ ।  '  उप–प्रमुख गाैतमले बताइन् उनले भने ' ५ दिन भित्र सबैकाे रिपार्ट आउछ अनि रिपार्टका आधारमा के गर्ने भन्ने निर्णय  हुन्छ । अहिले रिपार्ट पर्खिनलाइ पनि लकडाउन गरेकाे हाे । '

 

इटहरिमा आज मात्र १ महिला सहित ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाैतकका अनुसार आज देखिएका संक्रमितहरू मध्ये पनि केहि सुदायस्तर कै रहेका छन् ।