• सन्देश किराती

भाेजपुर /  जिल्लाको साल्पासिलिछोङ गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले एक जना बृद्धलाई कुटपिट गरेका छन् । वडाध्यक्ष कार्कीले स्थानिय ६५ बर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । अग्राखे भन्ने ठाउँमा वडाध्यक्ष बुडाथोकीले बाटो छेकेर कुटपिट गरेको पीडित कार्कीले बताएका छन् ।

कार्कीले आफु दिङ्लादेखि घर जाने क्रममा आइतबार कुटपिट भएको वताए । कुटपिटबाट कार्कीको छाती, हात र खुट्टामा चोट पटक लागेको उनकी श्रीमती इन्दिरा कार्कीले बताइन् । घाइते कार्कीको बिराटनगरमा उपचार भैरहेको उनले जानकारी दिइन । वडाध्यक्ष बुडाथोकीले भने बाटो निरिक्षण गर्दै हिडिरहेको अवस्थामा कार्कीले अपशव्द प्रयोग गरे पछि सामान्य ठेलाठेल भएको दावी गरे । ठेला ठेल हुँदा आफुलाई पनि सामान्य चोटपटक लागेको र नियोजित रुपमा कुटपिट भने नगरेको उनले बताए ।

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर परिवारको रोहवरमा छाडेको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।