ब्लाष्टखबर । प्रदेश १ मा आज २७ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे २२ जना पुरूष र ५ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ । 

मन्त्रालयका अनुसार आज  प्रदेश १ मा सबै भन्दा बढि माेरङमा १६ जना र सुनसरीमा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमा विराटनगरमा ४ महिला र ८ पुरूषमा संक्रमण देखिएकाे छ । त्यस्तै माेरङका अन्य तीन स्थानिय तह बुढिगंगामा १ जना पुरूष, कटारीमा २ जना पुरूष र ग्रमथानमा १ जना पुरूषमा संक्रमण देखिएकाे हाे ।  

सुनसरीमा भने सबै भन्दा धैरै धरानमा १ महिला र ८ पुरूष गरी ९ जनामा संक्रमण देखिएकाे छ । त्यस्तै  बराहक्षेत्र र इटहरीमा एक –एक पुरूषमा पनि संक्रमण देखिएकाे छ । 

धरान संक्रमित देखिएका मध्याे ४ जना धरान १३ का संक्रमित युवाले काम गर्ने प्रतिभल्वका कर्मचारी र तिनका परिवार रहेकाे खुलेकाे छ । भने बाँकी ४ जना धरान १७ स्थित एन्फा एकेडेमीकाे क्वारेन्टाइनमा रहेका मानिसहरू रहेकाे खुलेकाे छ । 

प्रदेश १ मा आज ७ जना काेराेना संक्रमित निकाे भएर घर फर्कीएका छन् । घर फर्केकाहरू मध्याे झापाकी १ महिला, माेरङका २ महिला र २ पुरूषका साथै सुनसरीका २ महिला रहकाे मन्त्रालयकाे अपडेटमा उल्लेख गरिएकाे छ  । अपडेटका अनुसार आज १ हजार ९३ जनामा गरिएकाे परिक्षणका २७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

अपडेटमा हाल सम्म प्रदेश १ मा १ हजार ६५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे उल्लेख गरिएकाे छ । जसमा ६ जना स्थाइ ठेगाना प्रदेश १ बाहिरका रहकाे मन्त्रालयले जनाएकाे छ ।