वराहक्षेत्र / सुनसरीको वराहक्ष्ँेत्र नगरपालिका–१ चतराघाटमा ढुंगा खसेर एक युवाको ज्यान गएको छ ।
शनिवार चतरा बराहक्षेत्र सडक खण्डको १७ नम्बरस्थित सडकमा जेसीभीले पन्छाउदै गरेको ढुंगा खसेर भोजपुर आमचोक गाउँपालिका –८ घर भएका २० वर्षीय राजकुमार राइकँे ज्यान गएको हो ।

विहान करिव ८ वजेर ४५ मिनेटमा भएको दुर्घटनामा अर्का उनीसँगै रहेका उनका दाजु ३० वर्षका शंकर राई तथा १० वर्षीय अजय राई गम्भीर घाइते भएको इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
स्वामी नारायण एण्ड आर्शीवाद कम्पनीको समान ल्याउन वाटोमा पहिरो गएर ब्लक भएको थियो । वाटोमा भएको ढुंगालाई कम्पनीको १ क १७६० नम्बर जेसिबीले वाटो पन्छाउदै गर्दा ढुंगा खसेर राईको ज्यान भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ३० वर्षका महेन्द्र राई, ९ वर्षीय समिक्षा राई यसैगरी २४ वर्षका विशाल राई, ६२ वर्षीया वृद्धा बुद्धिमाया राई कुशल रहेको प्रहरीले बताएको छ ।

‘७ जनाको समुहमा चतरावाट आमचोक घर जाने क्रममा आफुहरुले माथि चलिरहेको जेसिबीलाई हात उठाएर मेशिन रोक्न जानकारी गराएको तर चालकले मेिशनले नरोक्दा, भान्जा राईको ज्यान गएको मामा अजुर्न राईले बताए ।
शव पोस्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घाइतेको स्वास्थ्यमा सुधार भइरहेको छ । जेसीबी र चालक झापा गँैरीगंजका ३६ वर्षका कमल वहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रनि राजवंशीले बताए । ।