ब्लाष्टखबर ।  पर्सा जिल्लामा संसद सहित ६४ जनामा काेराेना संक्रमण देखिएकाे छ । शुक्रबार राति नारायणी असपतालकाे प्रयाेगसालामा गरिएकाे परिक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकलाइ समेत संक्रमण पुष्टि भएकाे संसाद यादवले अाफ्नाे फेसबुकमार्फत बताएका छन् । संक्रमण पुष्टि भएपछि सांसद यादव, वीरगन्ज १३ राधेमाइ टोलस्थित आफनै घरको होमआइसोलेसनमा छन्।

संक्रमित ६४ जना मध्याे ६१ जना पुरूषार ४ जना महिला रहेकाे नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) मदन उपाध्यायले जानकारी दिए। उनका अनुसार नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएकाे छ ।