ब्लाष्टखबर । कञ्चनपुरमा एक महिलाकाे धारिलाे हतिया प्रयागगरी हत्या भएकाे छ । 

गयराती बेलौरी नगरपालिका-७ भगतपुरकी ५५ वर्पीय बेलु खातीको अपरितचित समुहले धारीलाे हतियार प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।

घटनानमासंगै रहेका ६२ वर्षका घनश्याम माथि पनि अक्रमण हुदा घइते बनेकाे थापाले बताएका छन् । उनले घटनाकाे बारेमा सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई प्रहरीले नियन्त्रणमा जनानकारी गराएका छन् । घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।