धरान उपमहानगरपालिका प्रदेश १ को सुन्दर शहरको रूपमा परिचित छ । धार्मिक, सांस्कृतिक ऐतिहासिक क्षेत्रको रूपमा यसले परिचय बनाएको छ । त्यससँगै धरानले एउटा शैक्षिक हबको रूपमा पनि उत्तिकै नाम कमाएको छ । शैक्षिक क्षेत्रको कुरा गर्दा २०६९ सालमा २ सय ५० जना विद्यार्थीहरूबाट शुरु गरिएको धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको नाम बिर्सन सकिँदैन । धरानको शिक्षा क्षेत्रमा यस स्कुलले एउटा इँटा थप्ने काम गरेको छ ।

त्यसबेला कक्षा ११ र १२ सञ्चालन गरिएको थियो । व्यवस्थापन, शिक्षा, साइन्स, होटल मेनेजमेण्ट, कम्प्युटर शिक्षा, ट्राभल्स एण्ड टुरिजम, मानविकी विषयमा कक्षा शुरु गरिएको थियो । सबै विषय सञ्चालनमा आए पनि एजुकेशन र मानविकी सोसियल साइन्स भने २०७४ सालदेखि शुरु भएको हो । विभिन्न उतार चढाव झेल्दै आदर्शले धरानको शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिँदै आएको छ ।

२०७१ सालमा सरकारले प्लस टु सञ्चालन गर्ने सबै विद्यालयहरूले कक्षा १ देखि नै विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधान ल्यायो । त्यहीबेला धरानको पुरानो स्कुल सेकेण्डरी स्कुललाई मर्ज गरेर कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको विद्यालय बनायो ।

२०७१ सालमा ६ सय ५० विद्यार्थीहरू पुगे । २०७४ सालमा फड्को मार्दै आफ्नै भवनमा विद्यालय सारियो । विद्यालयको गुणस्तरीय शिक्षा, शान्त शैक्षिक वातावरण, व्यवहारिक शिक्षा प्रणालीका कारण विद्यार्थीहरूको सङ्ख्या बर्सेनि थपिँदै गएको छ । अहिले कक्षा १० सम्म ५ सय ५० र प्लस टुमा एक हजार विद्यार्थी छन् । ‘हाम्रो व्यवहारिक र गुणस्तरीय शिक्षाले अभिभावकहरू सन्तुष्ट हुनुभएको छ । त्यही भएर हामीले पछाडि फर्केर हेर्नु परेको छैन’–प्रिन्सिपल सन्तोषकुमार पौडेलले भन्नुभयो ।

शैक्षिक क्षेत्रमा मात्र होइन, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा समेत यस विद्यालयले राम्रो सुवास चलाएको छ । यहाँ कक्षा १२ सकेर गएका विद्यार्थीहरूले चिकित्सा शास्त्र र इञ्जिनियरिङ विषयमा राम्रो अङ्क ल्याएर नाम निकाली अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीहरूले राम्रो स्थानमा जागिर खान थालेको एकेडेमिक डाइरेक्टर मोहनकुमार पोखरेलले बताउनुहुन्छ ।

_MG_6783

शिक्षा क्षेत्रमा आदर्श

यहाँ स्थापनाकालदेखिका पुराना अनुभवी शिक्षकहरू अध्यापन गरिरहनु भएको छ ।
लामो अनुभव र अध्ययनले खारिएका शिक्षकहरूकै कारण २०७० सालमा विज्ञान विषयमा भवेश राईले बोर्ड तेस्रो हुने मौका पाए । उनी प्रदेश प्रथम भएका थिए ।
हाल उनी पुलचोकस्थित इञ्जिनियरिङ कलेजमा बीई अध्ययन पुरा गरि सम्बन्धित क्षेत्रमा कार्य गरिराखेका छन् । यस्तै २०७३ सालमा व्यवस्थापन विषयमा मुना कोइराला पूर्वाञ्चल प्रथम भएकी थिइन् ।

_MG_6866

उनी छात्राको तर्फबाट बोर्ड दोस्रो भएकी थिइन् । ९० प्रतिशत ब् प्लस रिजल्ट ल्याउन सफल यस स्कुलमा अध्ययन गरेर उच्च शिक्षाका लागि गएका विद्यार्थीहरूले राम्रो कलेजमा राम्रो विषय अध्ययन गर्न पाएका छन् ।

खेलकुदमा आदर्श

आदर्श स्कुलले शिक्षासँगै खेलकुदमा पनि उत्तिकै राम्रो नतिजा ल्याउँदै आएको छ । स्वास्थ्य र देशका लागि खेल भन्ने मुख्य अभिप्रायले विद्यालयमा प्रशस्त खेलकुदका गतिविधि हुने गरेका छन् ।
विभिन्न विधामा प्रशिक्षकहरू राखेर विद्यालयले बालबालिकाहरूमा खेलकुदप्रति रुचि जगाएको छ । विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेका कारण हिसानले प्रत्येक वर्ष आयोजना गर्ने हिसान स्पोर्टस् मिटमा आदर्शले आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ ।

२०७६ सालमा टेवल टेनिसमा आदर्श प्रथम भएको थियो । यस्तै हिसान स्पोर्टस् मिट २०७५ सालमा फुटबल विधामा दोस्रो स्थान ल्याएको थियो । २०७६ सालमा भएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आदर्श स्कुलकी सोस्तिका तामाङले तेक्वान्दो विधामा गोल्ड मेडल ल्याउन सफल भएकी थिइन् । यस्तै हिसानकै नृत्य विधामा २०७३ सालदेखि निरन्तर २०७६ सालसम्म सामूहिक नृत्यमा प्रथम भएको थियो ।

धरान आदर्श स्कुल अभिभावकको विश्वास, विद्यालय सञ्चालकहरूको कुशल नेतृत्व र योग्य शिक्षकहरूका कारण हरेक क्षेत्रमा अब्बल रहेको छ । अभिभावकहरूको विश्वासलाई अटुट र प्रगाढ बनाउन विद्यालयले उत्कृष्ट शैक्षिक योजनाहरू पनि ल्याउँदै आएको छ । बालबालिकाहरूको शिक्षामा चिन्तित यस स्कुलले लकडाउनको समयमा शिक्षकहरूलाई स्कुलमै बोलाएर अनलाइन कक्षासमेत निरन्तर गर्दै आएको छ ।

 _MG_6827

छात्रवृत्ति योजना
योग्यता, आवश्यकतामा आधारित रहेर जेहेन्दार, गरिब विद्यार्थीहरूका लागि आदर्शले विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ ।
प्याब्सन र एन–प्याब्सनको सिफारिस, अनाथ, बालबालिका, अशक्त, सामाजिक सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यस्तै परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तथा कलेज र स्कुलले शीर्ष २०–२० जना विद्यार्र्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दछ । उनीहरूको मेरिट सूचीको आधारमा साइन्स र मेनेजमेण्टको प्रवेश परीक्षामा परीक्षाको योग्यता सूचीको आधारमा यस्तो सुविधा दिँदै आएको छ ।

_MG_6882

हाम्रो मिसन
प्लस टु कार्यक्रम विशेषज्ञहरूको पूर्ण मार्गदर्शन र प्रोफेसनल पर्फर्मेन्स अन्तर्गत व्यवहारिक र नतिजामुखी शिक्षाको साथ विश्वस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको मुख्य मिसन रहेको छ ।
यसले समुदायको जभतभयनभलभष्तथ बुझ्दछ, जहाँ विद्यार्थीहरू विभिन्न पृष्ठभूमि, योग्यता र दृष्टिकोण बनाउन सक्षम हुन्छन् । धरान आदर्श बोर्डिङ स्कुलको उद्देश्य विज्ञान, चिकित्सा, इञ्जिनियरिङ, कम्प्युटर, व्यवस्थापन र होटल व्यवस्थापनको क्षेत्रमा मोडर्न र प्रभावशाली शिक्षण उपकरणसहित गुणस्तरीय शिक्षाको माध्यमबाट जिम्मेवार र सक्षम नागरिकहरूको विकास गर्नु रहेको छ ।

_MG_6864

सुविधा
विद्यार्थीलाई महामारीबाट जोगाउन सरसफाइ प्रणालीको व्यवस्थापन गरिएको छ । फराकिलो कक्षा कोठाका साथ श्रव्य–दृश्यको कक्षा हुने गरेको छ । कोभिड–१९ लाई मध्यनजर राखेर स्कूल परिसरमा सेनिटाइजर टनेल साथै मिनि हेल्थ पोष्ट सञ्चालन गरिएको छ । महामारी र शरीरको तापक्रम ज्वरो रोक्नको लागि हरेक दिन ज्वरोमापनको व्यवस्था गरिएको छ । साथै विद्यालय परिसरमा क्याण्टिनको व्यवस्था गरिएको छ । जहाँ सस्तोमा गुणस्तरीय खाजा, नास्ता तयार पारिन्छ ।

अतिरिक्त पाठ्यक्रम, शैक्षिक भ्रमण र अध्ययन अवलोकनका लागि विद्यार्थीहरूलाई नेपालका विभिन्न स्थानमा लाने गरिएको छ । सुविधाजनक ल्यावहरू र पुस्तकालय, सस्तो आवासको लागि होस्टल सुविधाहरू पनि रहेको छ । इन्टरनेट र डिजिटल लाइब्रेरीको साथ कम्प्युटर प्रयोगशाला यहाँको मुख्य आकर्षण हो ।

_MG_6887

लेखी सुब्बा, सञ्चालक अध्यक्ष
धरान आदर्श प्ले–ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालन भइरहको शिक्षालय हो । ११ र १२ मा साइन्स, कमर्स, म्यानेजमेण्ट, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, एजुकेशन, कम्प्युटर साइन्स तथा होटल म्यानेजमेण्टका विषयहरू अध्यापन भइरहेको छ । हामीसँग आफ्नै भवन छ । विभिन्न विषयगत प्रयोगशालाहरू पनि छन् । हाम्रो विद्यालयबाट पासआउट भएका विद्यार्थीहरू विभिन्न टेक्निकल तथा इञ्जिनयरिङ जस्ता क्षेत्रहरूमा उच्च शिक्षका लागि दक्ष क्षमता प्रदर्शन गरी अध्ययनरत छन् । साथै सो क्षेत्रमा काम पनि गरिरहेका छन् ।

विगत ८ वर्षदेखि सञ्चालनमा आएको यस विद्यालयले छोटो समयमै शैक्षिक क्षेत्रमा प्रदेश १ कै ‘ब्राण्ड नेम’ बनेर आएको छ । यसको प्रमुख श्रेय यहाँ रहेका प्रदेश १ कै दक्ष शिक्षकहरूलाई दिनुपर्छ । व्यवस्थापक र विषयगत दक्ष शिक्षकहरूको ‘टिम स्प्रिट’ र पठन–पाठनयुक्त शान्त वातावरणका कक्षा कोठा, पर्याप्त शैक्षिक उपकरणले हामीलाई अन्य विद्यालयहरूभन्दा उत्कृष्ट बनाएको छ । हाम्रा शिक्षकहरू नेपालकै विख्यात क्याम्पस तथा विश्व विद्यालयमा अध्ययन गरेर आउनुभएको छ ।

छोटो समयको यो अपार सफलताले हामीलाई शिक्षा क्षेत्रमा थप पाइला चाल्न हौसला दिएको छ । जसअनुसार हामी १२ भन्दा माथिका कार्यक्रमहरू पनि निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारीमा छौं । यससँगै थप पूर्वाधार विकास गर्नेछौं । जसले धरानका मात्र होइन, अन्य क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय उच्च शिक्षा दिनेछ ।

mohon pokhrel chairman

मोहन पोख्रोल, संस्थापक अध्यक्ष/एकेडेमी डाइरेक्टर[ PhD. Scholor, English ]

स्थापनाकालदेखि नै धरान आदर्श नाम, काम र परिणाममा प्रदेश १ कै उत्कृष्ट र नाम चलेको संस्था बनेको छ । धरानलाई पूर्वाञ्चलको शैक्षिक हब बनाउन पनि यस विद्यालयको प्रमुख भूमिका रहेको छ । यहाँ प्रदेश १ का मात्र नभएर १६ भन्दा बढी जिल्लाका विद्यार्थीहरू आएर अध्ययन गरिरहेका छन् । ‘क्वालिटी नेभर से सरी’ भन्ने सिद्धान्तमा विद्यालय चलिरहेको छ ।

हामी ‘एक्सन स्पिड लाउडर देन स्पिच’ भन्ने कुरामा विश्वास राख्दछौं । हामी उपयुक्त विद्यार्थीहरूलाई शिक्षा दिन्छौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै हामी हाम्रो नाम फैलाउन सफल भएका छौं । हामीले शुरुवातदेखि नै समूहगत भावनामा काम गरिरहेका छौं । जुन अझै पनि उस्तै छ । हामीले नयाँ सोच र भिजनका साथ सय संस्थालाई अगाडि बढाइरहेका छौं । यो आफैमा पनि ठूलो संस्था हो ।

आगामी दिनमा धरान आदर्शले उत्कृष्ट शिक्षणसंस्थाका रूपमा देशव्यापीरूपमा आफ्नो ख्याती कमाउनेछ । हाम्रा विद्यार्थीहरूले अझ उच्च सफलता हात पार्नेछन् भन्ने हाम्रो विश्वास छ । आजको दिनसम्म पनि यो विद्यालय धरानमा रहेर प्रदेश १ कै शैक्षिक नक्षत्रको रूपमा रहेको छ ।

लोकेन्द्र श्रेष्ठ, सञ्चालक सदस्य/एडमिन्स्ट्रेटिभ डाइरेक्टर[M.H.M.]

धरान आदर्श धरानमा रहेर २०६९ सालदेखि शिक्षाको क्षेत्रमा अनवरत सेवा गरिरहेको संस्था हो । सुनसरी जिल्लाकै विद्यार्थी सङ्ख्याको हिसाबले पनि दोस्रो विद्यालय हुनुका साथै रिजल्टमा पनि उत्कृष्ट बनेर यो विद्यालय प्रदेश १ कै ख्यातीप्रप्त संस्था बनेको छ । जसमा अभिभावकको विश्वास, विद्यार्थीको लगनशीलता र शिक्षक तथा व्यवस्थापकहरूको समूहगत भावनाका साथ कार्य सम्पादनप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

फणिन्द्र थापा, सञ्चालक सदस्य, लेखा समिति संयोजक

स्थापनाकालदेखि आजसम्म आइपुग्दा यस विद्यालयलाई उत्कृष्ट र नमूना विद्यालय बनाउनुहुने सम्पूर्ण शिक्षक, व्यवस्थापक, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिन चाहन्छु । हामी फरक र उत्कृष्ट शिक्षा दिन चाहन्छौं । जुन विद्यार्थीको प्रगति उन्मुख हुनेछ ।

सन्तोषकुमार पौडेल, प्राचार्य[ M.A. English ]
आजको शिक्षण पद्धति आधुनिक विधिमा आधारित हो । यस वर्ष देखि विद्यालयमा क्रियाकलापमा आधारित शिक्षण गरिनेछ । यो विधिले विद्यार्थीमा रहेको अन्तर क्षमतामा विकास गर्ने छ । विद्यार्थीको अभिरुचीको पहिचान गरी सिकाइ उदेश्य प्राप्त गर्नको लागि शिक्षण समूह तयार गरि सकिएको छ । परीक्षा प्रणाली पनि चुस्त दुरुस्त पार्नुका साथै निदानात्मक तथा निर्माणात्मक परीक्षामा जोड दिनुका साथै निरन्तर मूल्याङ्कनमा विशेष जोड दिइनेछ । विद्यार्थीको पढाईका साथै सुरक्षा विकास तथा सही संस्कार विकास गर्नु विशेष दायित्व रहनेछ ।

जितेन्द्रकुमार विश्वास, विज्ञान संकाय इन्चार्ज[ M.Sc. Zoology ]

धरान आदर्श धरानमा एउटा ‘ब्राण्ड’ हो । हामी गुणस्तरीय शिक्षामा विश्वास गर्छौं । विगत ८ वर्षदेखि गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले क्वालिटीमा कहिल्यै पनि सम्झौता गर्दैन ।

रमेश बस्नेत, सञ्चालक सदस्य[ M.A. Economics ]
यो विद्यालय धरानका प्राज्ञिक शिक्षकहरू मिलेर कक्ष ११, १२ सम्मको पठन–पाठनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो । यस विद्यालयमा प्रारम्भिक चरणदेखि नै कुशल व्यवस्थापक र प्रदेश १ कै दक्ष शिक्षकहरू रहँदै आउनुभएको छ । जसले गर्दा अधिकांश अभिभावकहरूको रोजाइमा पर्न सफल भएको छ । विद्यार्थीहरूको भर्ना पनि सराहनीय छ । प्रशासनिक उत्कृष्टता र दक्ष शिक्षकहरू मात्र नभएर पठन–पाठनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तथा सुविधाहरू पनि भरपूर छन् । यी सबै कुराले भरिपूर्ण बनेको धरान आदर्श विद्यार्थीहरूलाई शैक्षिक गन्तव्यमा पु¥याउन सफल भएको छ । पाँच वर्षको अन्तरालमा १५ सय बढी विद्यार्थीहरू भर्ना हुनुले पनि धरान आदर्श धरानको शैक्षिक हबको रूपमा विकास भएको पुष्ट्याएको छ । धरान आदर्शप्रति अभिभावक तथा विद्यार्थीहरूको यो उत्साहजनक उपस्थितिले पनि थप धरानको शिक्षाको जिम्मेवारी लिन प्रेरित गरेको छ । यो उत्साहलाई ऊर्जाशील बनाएर विद्यालय थप व्यवस्थापनका साथ शैक्षिक विकासको लागि प्रत्येक दिन एक कदम अगाडि बढिरहेको छ ।

राम सोभित यादव, सञ्चालक सदस्य[ M.Sc., M Tech. Food ]
हामीले विगत ८ वर्षमा मात्रै टेक्निकल फिल्डमा मेडिकल पारामेडिकल टेक्निसियनहरू ३ सयभन्दा बढी इञ्जिनियरहरू, सबैभन्दा बढी एग्रिकल्चर, फुड टेक्निसियन, फरेष्टनरहरू र ५ सयभन्दा बढी जेनेरल साइन्समा हायर स्टडी गर्ने विद्यार्थीहरू हामीले उत्पादन गर्न सफल भएका छौं । यसको कारण के त भन्दा वेलइक्विप ल्याव हामीसँग छ । हामीसँग पढ्ने वातावरण छ, कुल र पिस इन्भाइरोन्मेण्ट छ । हाम्रो पठन–पाठन अरू विद्यालयमा भन्दा फरक छ ।
हामीकहाँ धरानभरिकै उत्कृष्ट र दक्ष शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, जसले गर्दा पनि विद्यार्थीहरूका लागि हामीले राम्रो वातावरण तयार गर्न सकेका छौं । यसका अलावा हामी विभिन्न शैक्षिक गतिविधिहरू पनि गराउँछौं । जसलाई बढी प्राथमिकता पनि दिएका छौं । प्रि–मेडिकल, प्रि–इञ्जिनियरिङ क्लासहरू हामीले १२ को शुरुवाती चरणदेखि नै गराउँदै आएका छौं । कमजोर विद्यार्थीहरूलाई कोचिङ अथवा एक्स्ट्रा क्लास दिएर भए पनि उनीहरूलाई सक्षम बनाउने गर्दछौं । यसका अलावा ‘एक्स्ट्रा करिकुलर एक्टिभिटिज’ हरूमा पनि धरान आदर्शले निकै फड्को मारेको छ । धरान आदर्श धरानको शैक्षिक हब नै बनेको छ । ‘सिइङ इज बेटर देन सेइङ’ भन्ने हाम्रो स्लोगन छ, त्यो सफल पनि भएको छ ।

दिलिपकुमार चौधरी, सञ्चालक सदस्य[ M.Ed. Mathematics ]
धरान आदर्शमा प्रदेश १ कै दक्ष शिक्षकहरू हुनुहुन्छ । ऊर्जावान शिक्षक तथा व्यवस्थापक एकढिक्का भएर विद्यालयको शैक्षिक स्तरका लागि प्रभावकारी र रचनात्मक प्रगति उन्मुख शिक्षा दिइरहनुभएको छ । जुुन स्थापनाकालदेखिका हरेक परीक्षाहरूमा विद्यार्थीहरूले ल्याएको नतिजाहरूले पनि दर्शाइरहेको छ ।

मनोज खनाल, शेयर संचालक[ M.Sc. Chemistry ]
धरान आदर्श धरानकै शैक्षिक संस्थाहरूमध्ये राम्रो वातावरणमा पढाइ हुने विद्यालय हो । विद्यार्थीहरूको लागि एकदमै आवश्यक पर्ने शान्त वातावरणका साथै शैक्षिक पूर्वाधारले विद्यालय भरिपूर्ण छ । यहाँ हरेक विषयको छुट्टाछट्टै ल्यावहरू रहेका छन् । विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेण्ट, मानविकी, शिक्षालगायतका विषयहरू विद्यार्थीहरूले छानेर पढ्न सक्नुहुनेछ ।

चूडामणि भट्टराई, सञ्चालक सदस्य [ M.Sc. Mathematics ]
विद्यालय स्थापनाकालदेखि नै शैक्षिक गुणस्तरलाई कायम गर्दै उत्कृष्ट बन्दै गएको छ । यसका लागि म शुुभकामना दिन चाहन्छु । २०६९ सालयताको रिजल्ट हेर्दा २ पटक अवार्ड ल्याउन सफल भएको छ । कक्षा १२ को प्रदेशस्तरीय रिजल्ट पनि निकै उत्साहजनक छ । आगामी दिनमा पनि यस्तै प्रगतिको कामना गर्दछु ।

विज्ञान विषयका प्राध्यापकहरु

श्रीपती चक्रपाणी[ M.Sc. Physics ]
यो विद्यालयमा शिक्षक र विद्यार्थीबीचको सहकार्य एकदमै राम्रो छ । जसले गर्दा प्रत्येक वर्षको नतिजामा अघिल्लो वर्षको भन्दा अर्को वर्षको झन् राम्रो हुँदै गएको छ । यहाँ विषय शिक्षकहरू पनि अन्य विद्यालयको तुलनामा दक्ष हुनुहुन्छ । विद्यालयमा विद्यार्थीहरूका लागि आवश्यक सबै सुविधाहरू छन् । जसमा विद्यार्थीहरूको ट्युटोरियल कोचिङहरू सबै हुन्छ । हामी रुटिन टाइमभन्दा बाहिर पनि विद्यार्थीहरूको अवस्थालाई अध्ययन गरी समस्या भएका विद्यार्थीहरूको समस्या समाधानका लागि सधैँ लागिपरेका छौं ।

सञ्जु पराजुली[ M.Sc.Botany ]
मैले स्थापनाकालदेखि नै वनस्पति शास्त्र अध्यापन गराउँदै आइरहेको छु । स्थापनाकालदेखि अहिलेसम्मका दिनहरू हेर्दा विद्यालयले विद्यार्थीहरूको उत्कृष्ट शिक्षाको सुनिश्चितता गरेको छ । हामी हरेक विद्यार्थीलाई शिक्षाको क्षेत्रमा बराबर प्रतिस्पर्धी कसरी बनाउन सकिन्छ भनेर लागिपरेका छौं । पछिल्ला रिजल्टहरूले हामीलाई थप उत्साहित बनाएको छ ।

सुवास न्यौपाने[ M.A. Nepali ]
म यस संस्थाको स्थापनाकालदेखि नै ११ र १२ मा विज्ञान र वाणिज्य शास्त्र सङ्काय अन्तर्गतको अनिवार्य नेपाली विषय अध्यापन गराउँदै आइरहेको छु । हामी निरन्तर गुणस्तरीय शिक्षा दिन प्रयासरत छौं । जस अनुरूप स्थापनाकालदेखि नै हामीले पूर्वाञ्चलमै अब्बल नतिजा दिँदै आइरहेका छौं । हामीले नयाँ–नयाँ प्रयोगसहित आधुनिक शिक्षालाई अँगाल्दै आइरहेका छौं । अभिभावकको चाहना अनुरूप हामी शिक्षण पेशामा आबद्ध छौं । आगामी दिनमा पनि सेवा गर्ने अवसर तपाई अभिभावकहरूले दिनुहुनेछ भन्ने आशा राखेको छु ।

बलभद्र भण्डारी [ M.A. Mathematics ]
विशेषगरी विज्ञान र व्यवस्थापन विषयका लागि धरान आदर्शले धरानमा मात्र नभएर प्रदेश १ मै ख्याती आर्जन गर्न सफल भएको छ । जुन राष्ट्रियस्तरका कलेजहरूमा पनि चर्चामा रहेको छ ।

अमृता लावती[ M.Sc.Botany ]
मैले धरान आदर्शमा स्थापनाको दोस्रो वर्षदेखि वनस्पति शास्त्र अध्यापन गराइरहेको छु । यो बीचमा धरान आदर्शले धेरै प्रतिभावान विद्यार्थीहरू उत्पादन गरेको छ । हाम्रा विद्यार्थीहरूले विभिन्न फरक क्षेत्रहरू जस्तैः मेडिसिन, इञ्जिनियरिङ, फार्मेसी, फुड टेक्नोलोजीलगायतका विषयहरूमा राष्ट्रियस्तरमै प्रतिस्पर्धी बनेर दरिलो प्रदर्शन गरेका छन् ।

देवेन्द्र राई [ M.Sc. Chemistry ]
विद्यार्थीहरूको उज्वल भविष्यको लागि धरान आदर्श प्रदेश १ का अभिभावकहरूको पनि रोजाइको विद्यालयको रूपमा छनोट हँुदै गएको पाइन्छ । जसलाई यहाँ उपस्थित उल्लेख्य विद्यार्थी सङ्ख्याले पनि पुष्टि गरिरहेको छ ।

माधव शर्मा [ M.Sc.Botany ]
स्थापनाकालको दोस्रो वर्षदेखि वायोलोजी विषयको प्राध्यापकको रूपमा यस विद्यालयमा जोडिइरहदाँ कक्षा कोठामा जानुपूर्व प्राध्यापकहरूले गर्ने पूर्वतयारी नै लोभलाग्दो लाग्यो । जुन एउटा विद्यार्थीहरूको लागि निकै नै प्रभावकारी छ । म त भन्छु धरान आदर्शमा विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा दिने ‘फर्मुला’ नै छ ।

सुस्मिता पौडेल [ M.Sc. Physics ]
लामो समयदेखि यस विद्यालयमा रहेर अध्यापन गराइरहँदा मलाई के अनुभूति भएको छ भने धरान आदर्शमा विद्यार्थीले बुझ्ने वातावरण छ । त्यति मात्र होइन, यहाँका शिक्षकहरूमा विद्यार्थीको मनोभावना बुझ्ने क्षमता छ, जुन अन्य शैक्षिक संस्थाहरूमा त्यति देखिँदैन । हामीले पढाएका विद्यार्थीहरू निष्कृय हुने सायद अपवाद होलान् । हाम्रा विद्यार्थीहरू जहाँ पुगेका छन्, उत्कृष्ट नै बनेका छन् ।

रिजन शाक्य[ M.Sc. Physics ]
दक्ष, अनुभवी, क्रियाशील र प्रतिबद्ध शिक्षकहरूबाट प्राध्यापन हुने धरान आदर्श यस क्षेत्रकै उत्कृष्ट संस्था हो । यहाँ विभिन्न विषयहरू एकै ठाउँबाट शिक्षा आर्जन गर्न सकिन्छ । यहाँको शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलापहरू उत्कृष्ट रहेको पाइन्छ ।

अमन पाठक[ M.Sc. Mathematics ]
राम्रो उपलब्धि हासिल गर्न चाहने विद्यार्थीहरूका लागि धरान आदर्श एउटा दरिलो खुड्किलो हो । यहाँबाट विद्यार्थीहरूले आफ्नो सर्वाङ्गीण विकास गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल भइरहेका छन् ।

उपेन्द्र खड्का[ M.Sc. Physics ]
देशका विभिन्न दुर्गम क्षेत्रका विद्यार्थीहरूको पनि रोजाइमा पर्न सफल यस धरान आदर्शले विद्यार्थीहरूलाई विभिन्न सुविधा दिँदै आफ्नो विद्यालय हो भन्ने अनुभूति गराइरहेको छ र विद्यार्थीहरू उच्च मनोबलका साथ आफ्नो अध्ययन पूरा गरेर समाजका विभिन्न क्षेत्रमा लागिरहेका छन् ।

व्यवस्थापन विषयका प्राध्यापकहरु

टङ्क भट्टराई[ M.Ed. English ]
अभिभावकको चाहनालाई साकार रूप दिन हाम्रो मिहिनेत र विद्यार्थीहरूको लगनशीलताका साथै यस विद्यालयको शैक्षिक वातावरणले महŒवपूर्ण भूमिका खेलेको छ । अभिभावकहरूले आफ्ना छोराछोरीहरूको भविष्य निर्माणका लागि ढुक्क भएर धरान आदर्शको छनौट गर्ने वातावरण विगत सात–आठ वर्षदेखि हामीले निर्माण गर्न सफल भएका छौं ।

सुमन खतिवडा[ MA Nepali ]
धरान आदर्श छोटो समयमा प्रदेश १ मै शैक्षिक गुणस्तर कायम गर्न सफल भएको संस्था हो । ७ वर्षदेखि निरन्तर शिक्षकको रूपमा काम गरिरहँदा यो विद्यालय शिक्षकहरूको एकता र लगनशीलताले धरानको शैक्षिक हब बन्न सफल भएको मैले पाएको छु । दक्ष शिक्षकहरूको ऊर्जाशील प्रयासले यहाँ आएका विद्यार्थीहरूमा अलि बढी शिक्षाको भोक जगाउने काम भएको छ ।

खगेन्द्रप्रसाद खतिवडा[ MA Economics ]
म यस विद्यालयमा बिहानीको समयमा अर्थशास्त्रको अध्यापन गराउँछु । स्थापनाकालदेखि नै अध्यापकको रूपमा काम गरिहँदा यहाँ धरानका उत्कृष्ट विद्यार्थीहरूले उत्कृष्ट अध्ययन लिइरहनुभएको पाएको छु । किनभने यहाँबाट पासआउट भएका विद्यार्थीहरूको नतिजा पनि उत्कृष्ट छ र देशका उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरूमा भर्ना पाउनुका साथै त्यहाँ उच्चस्थान हासिल गर्न सकेका छन् । त्यस अर्थमा पनि धरान आदर्श धरानकै आदर्शको रूपमा स्थापित छ ।

सुशील घिमिरे[ MBS Accountancy ]
स्थापनाकालदेखि नै यस विद्यालयमा लेखा विषयको अध्यापकको रूपमा काम गरिरहँदा हामीले हाम्रा विद्यार्थीहरूलाई प्रदेश १ कै उत्कृष्ट र बोर्डमा पनि दोस्रो बनाउन सफल भएका छौं । यो हामी शिक्षक, व्यवस्थापकहरू र संस्थापकहरूको सामूहिक भावनाले नै सम्भव भएको हो ।

लक्ष्मी भट्टराई[ M.Ed Nepali ]
धरान आदर्श छोटो समयमा शैक्षिक क्षेत्रमा एउटा उच्चस्तरीय गुणस्तर कायम गर्न सफल भएको संस्था हो । स्थापना कालदेखि निरन्तर शिक्षकको रूपमा काम गरिरहँदा यो विद्यालय शिक्षकहरूको एकता र लगनशीलताले धरानको शैक्षिक हब बन्न सफल भएको मैले पाएको छु । दक्ष शिक्षकहरूको ऊर्जाशील प्रयासले यहाँ आएका विद्यार्थीहरूमा अलि बढी शिक्षाको भोक जगाउने काम भएको छ ।

सुरेन्द्र राई[ MA Economics ]
धरान आदर्शले शिक्षाको क्षेत्रमा प्रदेश १ भरि नामजस्तै परिचयसहित स्थापित भएको छ । स्कुलस्तरीय नतिजा होस् या यहाँ अध्ययन गरेर जानेहरूको भविष्यमा होस् । उच्च प्रगतिसहितको आदर्श छाप छोडेको छ । यस हिसाबले पनि धरान आदर्शले विद्यार्थीहरूलाई क्वालिटी एजुकेशन दिइरहेको हामी विश्वास गर्दछौं । राष्ट्रिय परीक्षा बोर्डले लिएका परीक्षाहरूमा यहाँका विद्यार्थीहरू सर्वोत्कृष्ट भएका छन् ।

रोशन श्रेष्ठ[ MBS ]
मैले धरान आदर्शमा मार्केटिङ टिचरको रूपमा काम गरेको ३ वर्ष भयो । विद्यार्थीहरूमा शुरुमा आउँदा धेरैको मनोबल एकदमै न्यून देखिए पनि यहाँबाट अध्ययन सकेर जाँदा उनीहरू उच्च मनोबलका साथ गएका छन् । सफल हुन मनोबलले पनि विशेष महŒव राख्दछ । यहाँका शिक्षक, शिक्षिकाहरूमा हुने स्फूर्तता, दक्षता, सक्रियता र सहयोगीपनले पनि अझ बढी मनोबल प्रदान गर्ने गरेको छ ।

गोपाल भट्टराई[ MBS Accountancy]
यहाँ विद्यार्थीहरूका लागि आधुनिक शिक्षा पद्दति अनुरूप, कम्प्युटर ल्याव, साइन्स ल्याव, इलेकट्रोनिक ल्यावलगायत भौतिक पूर्वाधार सहित दक्ष शिक्षक, शिक्षिकाहरूबाट अध्यापन गराइने भएकाले पनि पूर्वाञ्चलमै निजी क्षेत्रमा ११, १२ कक्षामा अमूल्य छाप छोड्न सफल भएको छ । यहाँको शान्त वातावरण र दक्ष शिक्षक, शिक्षिकाहरूको सरल स्वभावका कारण पनि विद्यार्थीहरूमा अध्ययनशीलता बढी देखिन्छ ।

अभय काफ्ले, कम्प्युटर शिक्षक[ MBS ]
हामीले विद्यार्थीहरूलाई सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक अध्ययन गराउने गरेका छौं । उनीहरूले प्राविधिक (कम्प्यूटर) ज्ञानको प्रत्यक्ष अनुभव गर्न पाएका छन् । जसले गर्दा हामीबाट पास भएर गएका विद्यार्थीहरू आइटी तथा इञ्जिनियरिङ कलेजहरूमा नाम निकाल्न मात्र होइन, स्कलरसिपसमेत पाउन सफल भएका छन् ।

निकेश घिमिरे[ MBS Accountancy]
कर्मचारी, शिक्षक, व्यवस्थापकलगायतको एकताबद्ध भावना, विद्यार्थीहरूको लगनशीलता र अविभावकको विश्वासका कारण उत्कृष्ट विद्यालय बन्न पुगेको यस धरान आदर्शको एक अङ्गको रूपमा परिचित गराउन पाएकोमा म सबैप्रति कृतज्ञ छु ।