ब्लाष्टखबर । सुरक्षा गार्डकाे पाेसाकमा रहेका एक व्यक्तिलाई कुटिरहेकाे भिडियाे भाइरल भएसंगै मलेसिया स्थित नेपालि दूतावासले अनुसन्धानकाे लागि उजुरी दिएकाे छ । 

कुटाइ खाने व्यक्ति नेपाली रहेकाे भन्दै भिडियाे भाइरल भएसंगै उक्त भिडियाे माथि छानविन गर्न दूतावासले त्यहाँकाे प्रहरीलाई आग्रह गरेकाे बताइएकाे छ । भिडियाेमा एक व्यक्तिले सुरक्षा गार्डले बाेक्ने लाठीले निर्घात कुटपिट गरिरहेकाे देखिन्छ । कुटाइखाने व्यक्तिले लगाएकाे पाेशाकमा मलेसिय सुरक्षा गार्डकाे पहिचान हुनेगरीकाे सरकारले त्यहाँका सुरक्षा गार्डलाई उपलव्ध गराउने लाेगाे देखिन्छ ।

कुटाइ खाने उक्त गार्डले कुनैपनि प्रतिकार नगरी उक्त निर्घात कुटपिटबाट आफूलाई बचाउन खाेजेकाे देखिन्छ ।  दूतावासले भने मलेसियामा सुरक्षा गार्ड पिटिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र अहिले त्यो घटनाको थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उजुरी गरिसकेको जनाएको छ ।

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।