इटहरी / इटहरीमा यौनधन्दा गराउँदै आएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बिराटनगर लाइनमा रहेको ब्लु स्काई होटलमा युवती राखेर यौनधन्दा गरेको भन्दै प्रहरीले होटल सञ्चालिका सुनिता साउदलाई हिजाे राती पक्राउ गरेको हो ।

होटल संचालिकाले महिला राखि पर–पुरुषहरुसंग सम्पर्क गराई बेश्यावृती गराउने गरेको आरोपमा ती  महिलालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले बताए ।
होटलमा छापामारी खानतलासी गर्दा होटलको कोठामा २२ बर्षकी एक युवतीलाई राखेर होटलमा आउने ग्राहकसँग मोटो पैसा लिएर यौन सम्पर्क गराउने गरेको खुलेको इन्स्पेक्टर श्रेष्ठले बताए ।

ती पीडित युवतीलाई प्रहरीले उद्धारसमेत गरेको छ । सुनिता साउदलाई मानव वेचबिखन तथा ओसार पसार सम्बन्धि कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।