ब्लाष्टखबर । सोलुखुम्बुमा १४ लाख भन्दा बढि नगद सहित ४ जुवाडे पक्राउ परेका छन् । 

मंगलबार दिउसाे सोताङ गाउँपालिका ५ स्थित गणेश राईको घरमा तास खेली रहेकाे अवस्थामा साेहि गाउँपालिका ४ नम्बर वडाका ३७ बर्षीय दुर्गा प्रसाद राई, वडाका नम्बर २ का ३४ बर्षीय दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका वडाका नम्बर ७ का २९ बर्षीय दिपक राई र ३२ बर्षीय फ्रेमराज राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ  ।

प्रहरीले उनिहरूकाे साथबाट नगद १४ लाख ६५ हजार र दुर्गा प्रसादको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरी ३ थान चेकमा ८ लाखको दरले र १ थान चेकमा ५ लाख रुपैयाँ लेखी सही गरेको ४ थान चेक (२९ लाख) समेत बरामद गरेको कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।