धरान / नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टीको हितका लागि भन्दैं ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष तथा प्रतिनिधिसभाको बाँकी अवधिसम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहने गरि उनले प्रस्ताव अघि सारेका छन् । यस अघि उनको प्रम ओलीले दुवै पदबाट राजिनामा दिनु पर्छ भन्ने धारना राख्दैं आएका थिए ।

उनको प्रस्तावमा एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहित अध्यक्ष पदमा रहने उनले जारी गरेको नोटमा उल्लेख छ । प्रधानमन्त्रीको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो तथा महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टी सचिवालयमा आवश्यक परामर्श गर्न सुझाएका छन् ।

प्रस्तावमा पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद पुनगर्ठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने र संसदमा नीति तथा कार्यक्रम र बजेज प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनसमेत सुझाएका छन् । उनले पार्टीको बैठक पनि पार्टी कार्यालयहरुमा राख्न प्रस्ताव गरेका छन् ।