धरान / पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीले वाम आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठले सम्mभेको छ ।
शनिवार धरानमा उनको ४२ औं स्मृति दिवसको अवसरमा वर्तमान अवस्थामा वाम आन्दोलन र पुष्पलाल बिषयक एक दिवसीय विचार गोष्ठी राखेको छ ।

नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य तथा सुसनरी सह इञ्चार्ज निर्मल वरालले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथि प्राडा भीम खतिवडा र पत्रकार भवानी वरालले बोलका थिए ।

कार्यक्रममा अधिकांश वत्ताहरुले कम्युनिस्ट पार्टीको सस्थापक नेताको सम्मानमा कमि भएको र उहाँले देखाउनु भएको बाटोमा नेकपा जानु पर्ने बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु, प्रदेश किमिटी सदस्यहरु, जिल्ला कमिटी, नगरकमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

115992558_205722070869000_4257993663259486749_n