उर्लाबारी । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा संघिय सभाकी संसद डा. डिला संग्रौलाले दुई तिहाईको हाराहारीमा भएको नेकपाको सरकार जनमुखी नभएकोले नेपाली नागरिकले दुख पाएको बताएकी छिन् ।

शनिबार उर्लाबारीमा नेपाली काग्रेस निती, अनुसंन्धान तथा प्रशिक्षण शाखाले आयोजना तथा  क्षेत्र नं.–१ (क) को आतिथ्यतामा भएको प्रशिक्षक प्रशिक्षण कार्याशालाको उद्घाटन गर्दै डा. संग्रौलाले केपी ओलीले नेतृत्व गरेको स्पष्ट बहुमत र शक्तिशाली सरकारले जनमुखी कार्य नगरेको आरोप लगाउदै“ मुलुकमा हत्या, हिंसा, भ्रष्टचार बडेको र सरकारले उनिहरुलाई संम्रक्षण गरी अधिनायकवाद तर्फ उन्मोख भएको बताउदै“ आगामी निर्वाचनमा कार्यकर्तालाई सकृय पारी कांग्रेसको नेतृत्वको सरकार बनाउन आवश्य भएको बताएकी छिन् ।

डा. संगौलाले संचार मन्त्रीको सेक्युरिटी प्रेस खरिद काण्ड, स्वास्थ्य मन्त्रीको कोभिड–१९ को समयको औसधीजन्य सामाग्री खरिद काण्ड, ह्वाई वडी जहाज काण्ड, बालुवाटार जग्गा खरिद प्रकरण तथा निर्मला पन्तको हत्या काण्डका कारण सरकार असक्षम भएको आरोप समेत लगाईएकी छिन् ।

नेपाली कांग्रेस क्षेत्र नं.–१ का क्षेत्रिय उपाभापति तथा शाखाका संयोजक शेरबहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यशालामा क्षेत्रिय सभापति तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले मुलुकका २००७, २०१५, २०४६, २०४७, २०६२/०६३, २०६५,२०७२ र २०७४ सम्ममा संस्थागत परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको दृष्टान्त उदाहरण भएकोले सुख दुखको र सवै वर्गको पार्टी कांग्रेस भएकोले सवै क्षेत्रको सहयोग आवश्यक भएको बताएका छन।

उक्त कार्यशालामा शाखाका केन्द्रिय सदस्य केशव निरौला, जिल्ला उपसभापति शिवनारायण सिह, जिल्ला सदस्य रामप्रसाद पोख्रेल, शाखाका जिल्ला सचिव ईन्द्रमणी थापा, सदस्य प्रमिला गच्छदार, क्षेत्र (क) संयोजक प्रकाशचन्द्र थापा सहितका वक्ताहरुले पार्टीको संम्रचना, कार्ययोजना, आगामी विकल्प लगायतका बिषयमा प्रशिक्षण गरीएको सहभागी महासमिति सदस्य ललित अधिकारीले बताएका छिन् ।

उक्त कार्यशालामा क्षेत्र(क) अन्र्तगतका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधी,जिल्ला सदस्य, क्षेत्रिय प्रतिनिधी, नगर  र गाउ“का पदाधिकारीहरु, वडा सभापति, भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधी तथा जनप्रनिधी र उम्मेदार बनेका अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको नगर सभापति बिरबल थापाले बताएका छन ।

सोही कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने ५९ जनालाई डा. संग्रौला सहितले स्वागत गर्दैै क्षमता अनुसार जिम्मेवारी दिएर संगठित गर्न सुझाव गरेकी छन । प्रवेश गर्ने नगरका अधिकांश युवाहरु भएको तरुण दलका नगर संयोजक रोहीत कार्कीले बताएका छन ।