धरान /  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको दाबी गरेका छन् ।
वर्षे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शुक्रबार मुख्यमन्त्री राईले कोभिड–१९ समुदायस्तरमा फैलिएको बताएका हुन् । उनले आजको मितिसम्म आइपुग्दा सङ्क्रमण जनस्तरमा पुगेको बताए । प्रदेश सरकार कोभिड–१९ को उपचार र नियन्त्रणमा सफल रहे पनि हुन सक्ने जोखिमबाट बच्न नागरिकस्तरबाट सुरक्षा अपनाउन आग्रह गरे । उनले पीसीआर परीक्षणको दायरा बढाउने आश्वासन दिए ।

प्रदेश सरकारलाई स्वीस सरकारले दुईवटा पीसीआर परीक्षण गर्ने मेसिन प्रदान गरेको छ । उनले सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि रेड जोन र ग्रीन जोन तोकेर अगाडि बढ्नेसमेत बताए । सङ्क्रमण पूर्ण नियन्त्रणमा आएर लकडाउन नखुलेको बताउँदै जनता स्वयम्ले पनि यस्ता विषयमा गम्भीर भएर सुरक्षाको उपाय अपनाउनका लागि आग्रह गरे । उनले यसले सिङ्गो समुदायलाई नै असर पु¥याउने बताएका छन् ।