धरान धरान उपमहानगरपालिका २० बिष्णुपादुका स्थित अस्थायी प्रहरी चौकी बिष्णुपादुकाले गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
विहिबार राती ८ बजेको समयमा धनकुटा सागुरीगढी ९ बस्ने सुजन राईले साथमा बोकेको झोला चेकजाँच गर्दा सो झोला भित्र प्लाष्टीकमा लुकाई राखेको अबस्थामा जम्मा २ केजी प्रतिवन्धित लागू औषध गाँजा फेला परेको थियो ।
आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि लागु औषध गाँजा मुद्धाको अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।