देउराली । प्रदेश नम्बर १ को प्रदेश सभामा सांसद अम्बिका थापाले नेपालको न्याय प्रणालीमाथि प्रश्न उठाएकी छिन् । उनले श्रीमती हत्या अभियोगका अभियुक्त रञ्जन कोइरालालाई सर्वाच्च अदालतले ८ वर्षको मात्र सजाय हुने फैसला सुनाएको प्रति आक्रोश व्यक्त गर्दै श्रीमती हत्या गर्ने कोइरालालाई छुटकारा दिएको बताएकी छन् ।

आज बसेकाे प्रदेशसभाको छैठाैं तथा बजेट अधिवेशनको ३७ औं बैठककाे शून्य समयमा बोल्दै उनले भनिन् ‘के नेपालमा न्याय मरेको हो त ?’ उनले जिलला अदालत र तात्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) ले सर्वस्वसहित जन्मकैद गर्नुपर्छ भन्ने फैसलाबारे भनिन् ’सर्वोच्चमा चोलेन्द्रप्रसाद जवराज्यूले ८ वर्ष मात्रै उहाँलाई सजाय हुनेछ भन्ने फैसला गरिदिएर श्रीमती मार्ने हत्यारा अपराधीलाई छुटकारा दिएको अहिले भर्खर छ ।’ 

प्रदेशसभामा उनले न्यायको तराजु बोकेका न्याय मूर्तिहरूलाई दैनिक जसो महिलाहरूमा हुने हिंसा तथा हत्याको न्याय माग्न कहाँ जाने भन्ने प्रश्न समेत गरेकी छन् । थापाले ससस्त्र प्रहरीका तात्कालीन डिआइजीसमेत रहेका कोइरालाले श्रीमतीको हत्या गर्दा पाएको छुट न्यायोचित नभएको बताउँदै उनले प्रदेशसभामार्फत केन्द्र सरकारलाई प्रदेश सरकारले उक्त विषयमा जानकारी गराउन माग समेत गरेकी छन् ।

थापाले महिलाहरूमाथि पुरुषको विभिन्न खाले अत्याचार भैरहने र न्यायिक क्षेत्रमा पुरुष भएकै कारण पनि न्याय नपाउने जस्तो अवस्थाको अन्त हुनुपर्ने भन्दै सर्वोच्चले गरेको उक्त निर्णयको पुनारावोलकन हुनुपर्ने माग समेत राखेकी छन् ।