भोजपुर । भोजपुरबाट निर्वाचित संघीय सांसद सुदन किराँतीले देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि बैचारिक तयारी नभएको बताएका छन् । जिल्लाको रामप्रसादराइ गाउँपालिका वडा नम्बर एक ओख्रेमा आयोजित ‘‘वर्तमान समयमा युवाको भूमिका’’ नाकम बिमर्श कार्यक्रमलाई सोमबार सम्वोधन गर्दै सांसद किराँतीले यस्तो बताएका हुन् ।

ओख्रे युवा क्लवको आयोजनामा भएको कार्यक्रममा सांसद किराँतीले देशमा बैचारिक तयारी नभएकै कारण नेपालका राजनितिक दहहरुमा गम्भिर समस्या आएको दावी गर्नु गरे ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका सांसद किरातीले बिचारको ठोश संश्लेषण गरेर आर्थिक बिकाश र समाज रुपान्तरणको बाटोमा ढिला नगरि लाग्नु पर्ने आवश्यकता पनि औल्याए । उनले भने “बैचारिक बिमर्श चोक चोक , टोल टोल , स्कूल स्कूल ,मेला पातका साथै राष्ट्रव्यापी रुपमा सबै ठाउँमा लाखौको संख्यामा गर्नु पर्छ , अहिले विचारको खडेरी लागेको छ , यति बेला आम कार्यकर्ता सामु पार्टीले विमर्शका कार्यक्रम ल्याउनुको विकल्प छैन” ।

सांसद किरातीले राजनितिक परिवर्तनको लागि बैचारिक र संगठानिक त्याग भए पनि पछिल्लो समय राजनितिक पार्टी भित्रको आपसी मनमुटावले जनतामा निराशा बढ्दै गएको बताए । उनले राजनितिक बलिदानबाट देशको व्यवस्था फेरिए पनि जनताको भावना अनुसार काम गर्न नसक्नु दुखद भएको टिप्पणी गरे । उच्च नेतृत्वमा देखिएको समस्याका कारण देशमा सोचे अनुसार विकास हुन नसकेको बताउँदै उनले पार्टीले स्पष्ट कार्य दिशाको टुंगो लगाउनु पर्नेमा जोड दिए ।

बिमर्श कार्यक्रममा संयौको संख्यामा युवाहरुले सहभागिता जनाएको आख्रे युवा क्लवका संयोजक विश्वास राईले जानकारी दिए ।