उर्लाबारी । मंगलबारे अस्पतालकोको नाम परिवर्तनको बिरुद्ध सोमबार मुख्य मन्त्रीको कार्यालय बिराटनगर घेराउ सहितको धर्ना बस्ने कार्यक्रम प्रतिकुल मौसमका कारण प्रभावित बनेको छ ।

सावीकको मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने घोषणा गरे पछि उक्त घोषणाको बिरोध गर्दै सत्तारुढ नेकपा वाहेकका चार राननितीक दलले जेष्ठ २६ गते देखि असार ७ गते सम्म बिरोधका विभीन्न किसीमका आन्दोलन गरी असार ९ गते देखि रिले अनसन गर्दै आएका छन ।

नाम परिवर्तनकोे बिरोध गर्दै रिले अनसन गरेको अठ्ठाईसौ दिन पुगी सक्दा पनि सरकारले आन्दोलनको बिषयमा वास्ता नगरे पछि मंगलबारे अस्पताल संघर्ष समितिले सोमबार प्रदेश स्थित मुख्य मंन्त्रीको कार्यालय घेराउ सहित सडकमा धर्ना र कोण सभा गर्ने निर्णय गरेका भएता पनि संम्पूर्ण तयारी पुरा गरे सकेको अवस्थामा आईतबार साझ देखि लगातार परेको बर्षाको कारण बिराटनगरको उक्त कार्यक्रम रद्ध गरिएको संघर्ष समितिका सकृय सदस्य रोहीत कार्कीले बताएका छन ।

उनले मौसम अनुकुल भए पछि पुन: संघर्ष समितिको बैठक बसी आन्दोलनलाई प्रभावकारी बनाउन र सरकारको ध्यानर्कषण गर्न उक्त कार्यक्रम गर्ने बताएका छन । आन्दोलनलाई प्रभावकारी बनाउन सत्तारुढ दल वाहेकका प्रदेश, संघिय र राष्ट्रिय सभाका सदस्यहरु अनसन स्थलमा आएर प्रदेश सरकारले गरेको उक्त निर्णय स्थानियको जनभावना विपरीत भएकोले फिर्ता लिन दवाव दिँदै आएका संघर्ष समितिका संयोजक बिरबल थापाले बताएका छन ।

संघर्ष समितिमा नेपाली कांग्रेस, जनता समावादी पार्टी नेपाल, राप्रपा र संघिय लिम्बुवान पार्टी नेपाल सहितका राजनिती दल र स्थानिय युवाहरु रहेका छन ।