धरान । भारतले सीमा क्षेत्रमा गरिरहेको ज्यादतीविरुद्ध धरानको पिण्डेश्वर विद्यापीठका विद्यार्थीहरू शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

आइतबार विद्यार्थीहरूले क्याम्पस परिसरमा भारतीय ज्यादती बन्द गर, नेपाल सेना परिचालन गर् लगायतको प्लेकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । पर्साको ठोरीस्थित अयोध्यापुरी क्षेत्रका सीमा स्तम्भहरू भत्काइएको विषयमा स्थानीय जनता प्रतिकारमा उत्रिएको भिडियो भाइरल भएपछि धरानका विद्यार्थीहरूले पनि सरकारलाई सचेत गराउन प्रदर्शन गरिएकाे सक्षम भट्टराइले जानकारी दिए । 

उनले भारतले गरेकाे ज्यादतीविरूध्द प्रदर्शन गरिएकाे बताए । विद्यार्थीहरूले ठोरीस्थित प्राचीन अयोध्यापुरी अन्वेषण गर्न माग गरेका छन् भने सीमा क्षेत्रमा काँडेतार व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेका छन् । भानु जयन्तीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम ठोरीको अयोध्यापुरीमा जन्मिएको प्रसङ्ग ल्याएपछि अहिले भारतमा प्रदर्शन हुँदै आएको छ भने भारतीयहरूले सीमा क्षेत्रमा ज्यादती गर्दै आइरहेका छन् ।