विराटनगर । केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि भएको सांघातिक आक्रमणको प्रदेश सभा सदस्यले घोर भत्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग राखेका छन् । आइतबार बसेको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद घिमिरे केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्की भएको भएको सागतिक आक्रमणको घोर भत्सन र दोषिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।
कार्की माथि नियोजित रुपमा आक्रमण भएको भन्दै उनले निन्दा गरे । स्थानीय सरकारको प्रमुख माथि नै यस किसिमको अपराधिक घटना हुनु मुलुकमा दण्डहिनता, अराजक तर्फ धकेलिदै गएको भन्दै शान्ति सुरक्षा मजदुत बनाउनुपर्ने उनको भनाई थियो । ‘जनप्रतिनधीहरु माथि सानो कुराको यसरी आक्रमण हुनु भनेको मुलुक दण्डहिनता र अराज बढेको भान हुन्छ,’ उनले भने ।