काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल ले जानकारी दिए । साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि स्थगित भएको हो । यो ७ औं पटक स्थगित भएको हो । यस अघि ६ पटक स्थगित भएको थियो ।
यसै विच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग एकखाले सहमति गरेको भन्ने कुरा बाहिर आए पछि प्रचण्डले ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए । तर सहमति भने भएको थिएन ।