उर्लाबारी । नेपाली कांग्रेस मोरङ जिल्ला कार्य समितिका सदस्य एवं केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की माथी भएको आक्रमणको नेपाली कांग्रेस क्षेत्र नं.–१ मोरङले प्रेस बिज्ञप्ती मार्फत बिरोध गरेको छ ।

क्षेत्रिय सभापति खड्ग फागोद्धारा हस्ताक्षर भएको उक्त बिज्ञप्तीमा गाउँपालिकाको कार्य कक्षमा प्रवेश गरेर अध्यक्ष माथीनै आक्रमण हुनुले राज्यको शान्ति सुरक्षा माथी नै प्रश्न उब्जिएको छ । स्थानिय सरकार प्रमुख माथी दिनदाहाटै कार्यकक्षमै सांघातिक रुपले खुुकुरी प्रहार हुनुले सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम नभएको हाम्रो ठहर छ ।

शनिबार जारी गरीएको उक्त बिज्ञप्तीमा यस किसीमको अमानविय एवं घृणित कार्यको क्षेत्रिय समिति भत्र्सना गर्दै दोषीलाई कडा कार्यवाही माग गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभुत नगरेमा सरकार बिरुद्ध सडक आन्दोलन समेत गर्ने चेतावनी दिएको छ ।

शुक्रबार कार्यपालिकाको कार्यकक्षमा स्थानिय भवन ठकुरीले अध्यक्ष कार्की माथी सांघातिक आक्रमाण गरेका प्रहरीले जनाएको छ । घाईते अध्यक्षको नोवेल अस्ताल बिराटनगरमा उपचार भईरहेको छ ।