भण्टाबारी ।  सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा सुरक्षाकर्मीको गोलि लागेर स्थानीय एकजना युवा गम्भीर घाइते भएका छन् ।

सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति साढे ९ बजेको समयमा भारतबाट अवैध रूपमा समान ल्याउने विषयमा विवाद हुँदा गोलि चलेको हो । सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि विवाद भएको सशस्त्र प्रहरीको भनाइ छ ।

स्थानीय र सशस्त्र प्रहरीबीच विवाद भएको र सोही क्रममा स्थानीय ६/७ जना युवाहरुको समूहले हतियार खोस्न खोजेपछि सोही क्रममा गोलि चलेको सीमा सुरक्षा बल सुनसरीका डिएसपी मित्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।
गोली लागेर स्थानीय हरिनगर गाउँपालीका वार्ड नम्बर ७ घुस्कीका २० वर्षीय सुवाद अन्सारी घाइते भएका छन् भने युवाहरुले कुटपिटबाट गर्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज बिसंखेसमेत घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । ‘अवैध सामान ल्याउनेहरुले सशस्त्र प्रहरीमाथि आक्रमण भयो । हतियार बचाउन प्रहरी प्रतिकारमा उत्रिएका हुन ।’–डिएसपी श्रेष्ठले भने । विशुंखेको शसस्त्र प्रहरी आफ्नैअस्पताल पकलीमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् । अहिले अवस्था सामान्य रहेको छ । घट्नाबारे स्थानीय र शसस्त्र प्रहरी विच वार्ताको तयारी भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

अन्सारीको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । घटनापछि ठूलो भीडबढेको थियो । राती नै उक्त स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।