ब्लाष्टखबर ।  चिकित्सकाे सल्लाह बिना औषध अवैध काराेबार गर्ने धरान ५ देउरालीका २७ वर्षिय सुवास राई पक्राउ परेका छन् । राईलाई बुधबार साझ इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

विषेश सुचनाका आधारमा खटिएकाे उक्त टाेलीले करिव ६ बजे उनकाे घरकाे कोठामा खानतलासी गर्दा टिनको बाकसमा रहेको हाते झोलामा ट्रामाडोल हाइड्रोक्लोराईड लेखिएको ३ सय  ८३ चक्की र स्पाज्मिड  लेखिएको ३ सय २२ चक्की औषध अवैध रूपमा राखेकाे अवसथामा फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि आजै औषधीसहित बिराटनगर स्थित औषधी विभाग पठाइएको इलाका प्रहरी कार्यालय धरानका  डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

राईले बरामद गरेका ति औषधहरू मिसाएर लागुऔषध बनाएर बेच्ने गरेको पाइएकाे  डिएसपी बस्नेतले जनाएका छन् ।